Successfully Copied

दरबारमार्गमा स्किन एन्ड हेयर क्लिनिक

आवरण स्किन एन्ड हेयर क्लिनिकले दरबारमार्गमा नयाँ शाखा स्थापना गरेको छ । आवरण स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा दरबारमार्गमा नयाँ शाखा सुरु गरिएको हो । शाखाको उद्घाटन पूर्वमिस नेपाल माल्भिका सुब्बाले गरेकी थिइन् ।

आवरण स्किन एन्ड हेयर क्लिनिकले दरबारमार्गमा नयाँ शाखा स्थापना गरेको छ । आवरण स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा दरबारमार्गमा नयाँ शाखा सुरु गरिएको हो । शाखाको उद्घाटन पूर्वमिस नेपाल माल्भिका सुब्बाले गरेकी थिइन् । छाला र केशसम्बन्धी उपचार तथा अन्य सेवाका लागि नयाँ शाखामा गुणस्तरीय उपकरणको व्यवस्था गरिएको आवरणका संस्थापक अध्यक्ष डा. रूपक घिमिरेले जानकारी दिए । 

डा. रूपकसहित डा. सविना भट्टराई, डा. एलिजा अर्याल, डा. वर्षा घिमिरे, नर्स सीमा कोइराला तथा जानकी श्रेष्ठ मिलेर तीन वर्षअघि बत्तीसपुतलीमा आवरणको स्थापना गरेका थिए । आवरणले हालसम्म ११ हजारभन्दा बढीलाई सेवा प्रदान गरिसकेको छ । तीन वर्षको अवधिमा आवरणमा १८ देशका नागरिकले छाला तथा केशसम्बन्धी समस्याको उपचार गराएको बताइएको छ । 

 Image