Successfully Copied

मिस नेपाल–२०१९ का खोजी हुँदै

मिस नेपाल–२०१९ का लागि देश दौडाहामा निस्किएको मिस नेपाल आयोजक संस्था द हिडेन ट्रेजरले संघीय राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा अडिसन सम्पन्न गरेको छ । मिस नेपाल–२०१९ का लागि फागुन २९ देखि चैत १ गते सम्ममा धनगढी, नेपालगन्ज, बुटल र पोखरामा,  चैत्र ३ देखि

वर्ष २०१८ का मिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडा, मिस नेपाल युनिभर्स मनिता देवकोटा तथा मिस नेपाल अर्थ प्रिया सिग्देलले आ–आफ्नो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको उपलब्धि एवं सफलताका कारण उनीहरूको उत्तराधिकारी को होलान् भन्ने कौतूहलता बढ्दै गएको छ । यही कौतूहलताको यथार्थ आधार खोज्ने कार्य मिस नेपाल–२०१९ का लागि सम्पन्न अडिसनमा सम्पन्न भएको छ । 

मिस नेपाल–२०१९ का लागि देश दौडाहामा निस्किएको मिस नेपाल आयोजक संस्था द हिडेन ट्रेजरले संघीय राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा अडिसन सम्पन्न गरेको छ । मिस नेपाल–२०१९ का लागि फागुन २९ देखि चैत १ गते सम्ममा धनगढी, नेपालगन्ज, बुटल र पोखरामा,  चैत्र ३ देखि ५ गते सम्ममा चितवन, वीरगन्ज, धरान र विर्तामोडमा चैत १० गते काठमाडौंमा फाइनल अडिसन संचालन गरिएको थियो । 

होटल अन्नपूर्णमा सम्पन्न फाइनल अडिसनमा मिस नेपाल आयोजक संस्था द हिडेन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपति, सुवर्ण राणा, दिवाकर राज कर्णिकार, रुपेश श्रेष्ठ, कोरियोग्राफर रचना गुरुङ शर्मा तथा पूर्व मिस नेपालद्वय मलिना जोशी एवं इशानी श्रेष्ठ निर्णायकका रूपमा सहभागी थिए । अब अडिसनबाट चयन भएका अन्तिम २० देखि २५ जनालाई काठमाडौंमा सात हप्ता लामो ग्रुमिङ तथा प्रशिक्षणपश्चात् २०७६ को वैशाख २६ गते काठमाडौंमा सञ्चालन हुने ग्रान्ड फिनालेमा उतारिनेछ । प्रतियोगिताको फाइनलका लागि मिस नेपाल ओसिनिया–२०१८ अनुष्का श्रेष्ठ, मिस हङकङ नेपाल–२०१८ प्रिया गुरुङ, मिस पूर्वाञ्चल–२०१८ पूजा श्रेष्ठ, मिस पोखरा–२०१८ सारा बजिमयले मिस नेपाल–२०१९ले सोझै प्रवेश पाएका छन् ।

यस पटकको मिस नेपालबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल युनिभर्स, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल तथा मिस नेपाल सुप्रानेसनलको समेत छनौट गरिनेछ । मिस नेपाल–२०१९ मा रचना गुरुङ शर्मा अफिसियल कोरियोग्राफर, राजभाइ सुवाल अफिसियल फोटोग्राफर, मनिष राई, वुमेन्स प्लानेटका सुष्मा सिंह तथा नटराज द बुटिकका आशुतोष अग्रवाल अफिसियल डिजाइनर रहनेछन् । काठमाडौं जेसिजको रजत जयन्ती समारोहका अवसरमा थालनी भएको मिस नेपाल प्रतियोगिताले वर्ष २०१९ मा आफ्नो आयोजनाको रजत जयन्ती वर्ष मनाउादैछ अर्थात् मिस नेपाल आयोजनाको यो २५ औं वर्ष हो । 

 Image