Successfully Copied

आफ्नै खुबीको भरोसा लाग्छ : आना शर्मा

हामीले पाहुनाका रूपमा यो धर्तीमा जन्म लिएका हौं । हामीले एकदिन फेरि यो धर्तीलाई छाड्नैपर्छ । हामीहरूले सकेसम्म राम्रो काम गरी अरूलाई सहयोग गरौं । म आफ्नो जीवनसँग अत्यन्तै खुसी छु । त्यसैले युवाहरूका लागि केही गरिरहेकी छु र अझै पनि गर्नेछु । 

आना शर्मा/ नायिका 

मेरो प्रेरणा : मेरो सक्रियता ।

मेरो आशा : गुणस्तरीय चलचित्र क्षेत्र । 

मेरो करियर : यसैमा समर्पित छु ।

मेरो कर्म : मेरो अनुभव ।

मेरो समर्पण : युवाको विकास ।

मेरो प्रेम : मेरो पेट (कुकुर) बबल्स ।

मेरो इच्छा : स्वास्थ्य, सफलता र खुसी ।

मेरो आदर्श : अमेरिकन अधिवक्ता अमाल क्लुनी ।

मेरो बलियो पक्ष : म सापेक्ष छु ।

मेरो आकांक्षा : पूर्णतामा ।

मेरो घर : खुसी र सुरक्षित स्थान ।

मेरो विश्वास : परिवर्तन सम्भव छ । 

मेरो बलियो पक्ष : दृढ निश्चयी ।

मेरो दृढता : सेल्फ ग्रोथमा ।

मेरो सोच : सकारात्मक ।

मेरी आमा : मेरो सबथोक । 

मेरो परिवार : मेरो बल । 

मेरो भरोसा : आफ्नै खुबीमा । 

मेरो जीवन : हामीले पाहुनाका रूपमा यो धर्तीमा जन्म लिएका हौं । हामीले एकदिन फेरि यो धर्तीलाई छाड्नैपर्छ । हामीहरूले सकेसम्म राम्रो काम गरी अरूलाई सहयोग गरौं । म आफ्नो जीवनसँग अत्यन्तै खुसी छु । त्यसैले युवाहरूका लागि केही गरिरहेकी छु र अझै पनि गर्नेछु । 

 Image