Successfully Copied

डाक्टर हिरोइन

केहि हप्ताअघि एक अनलाइनमा अन्तरवार्ताका लागी प्रस्ताव आयो । उनि चलचित्र निर्माण टिमको सल्लाह अनुसार अन्तरवार्ताका लागी गइन् । त्यहाँ लामै कुराकानी भयो । घर आउन नपाउँदै  युट्युवमा भिडियो कुराकानी र अनलाइनमा समाचार समेत आयो । अन्तरवार्तामा हेडिङ थियो, ‘आयुषमानकी पुर्व प्रेमी !’

केहि बर्षअघि एक अनलाइनमा अन्तरवार्ताका लागी प्रस्ताव आयो । उनि चलचित्र निर्माण टिमको सल्लाह अनुसार अन्तरवार्ताका लागी गइन् । त्यहाँ लामै कुराकानी भयो । घर आउन नपाउँदै  युट्युवमा भिडियो कुराकानी र अनलाइनमा समाचार समेत आयो । अन्तरवार्तामा हेडिङ थियो, ‘आयुषमानकी पुर्व प्रेमी !’

यो पढिसकेपछि उनलाई निकै तनाब भयो । तनावको पारो त त्यतिबेला तात्यो, जतिबेला उनका नजिकका साथीभाइहरुले आयुषमानकी पुर्व प्रेमीका भन्दै म्यासेज र फोन गर्न थाले ।

मैले भनेको अर्कै थियो, हेडिङ कहाँबाट झिकियो म आफैलाई पत्तो भएन, कान्तिपुरका रामजी ज्ञवालीसँग छोटो कुराकानीमा उनले त्यतिबेलाको संस्मरण गरिन्, ‘मलाई त्यहि भएर जस्तो पायो त्यस्तै मिडियामा कुराकानी गर्न मन लाग्दैनँ ।’ उनले आफु मात्रै नभएर धेरै सेलिब्रेटी यस्तो खालको पिडामा पर्ने गरेको बताउँछिन् । ‘मिडियाले जे भन्यो त्यहि पाठकले थाहा पाउने कुरा हो, स्वयं मिडियानै गैर–जिम्मेबार भएपछि कस्को के लाग्छ ? उनले प्रश्न गर्दै भनिन्, ‘भन्दै नभनेको, नसोधिएको र जथाभाबी हेडिङ राख्नुको कारण के हो त्यो उनैलाई थाहा होला, तर जे पायो त्यहि गर्ने हो भने मिडियाप्रति धेरैको वितृष्णा उत्पन्न हुन सक्छ ।’

यो प्रसंगपछि खास विषयवस्तुमा केन्द्रित भइन् उनि । एकाएक रिसले चुर भएकी डा. सुर्या एक गिलास चिसो पानी एकैपटकमा पिइदिइन् ।

उनि पेशाले डाक्टर । बिहान देखी साँझसम्म आफ्नै क्लिनमा ब्यस्त हुन्छिन् । जावलाखेलमा उनको आफ्नै क्लिनिक छ । दरबारमार्गमा पार्टनरसिपमा अर्को क्लिनिक । बिहान समयमै उठ्ने, साँझसम्म क्लिनमा बस्ने र दाँतका बिरामीको उपचार गर्ने उनको पछिल्लो केहि बर्षयताको दैनिकी हो ।

खुरु–खुरु पढेँ, यहाँ सम्म आएँ, उनि भन्छिन्, ‘चलचित्र क्षेत्रमा रुची थियो, त्यो पुरा गर्न यतातिर पनि पनि आएकी हुँ ।  डा. थापा अब हिरोइन पनि बनेकी छिन् । चलचित्र सुभ लभ उनको पहिलो चलचित्र हो । यो चलचित्र चैत-१५ मा सार्वजनिक हुँदैछ । लगत्तै अर्को एक प्रोजेक्टमा ब्यस्त हुनेछिन् उनि । 

चलचित्र सुभ लभमा सानै भएपनि महत्वपुर्ण भुमिका भएकाले काम गरेको उनको भनाई छ ।

आधा दर्जनको हाराहारीमा विज्ञापनमा समेत काम गरिसकेकी उनि भन्छिन्, ‘डाक्टर मेरो पेशा हो, हिरोइन बनेँ रहरले ।’ यदि मैले हिरोइनमा बढि महत्व दिएको थिएँ भने अहिले डाक्टर नबन्ने पक्का थियो । उनि भन्छिन्, ‘केहि चलचित्रमा काम गर्थे होला, भगवानले साथ दिएको भए हिट हुन्थे, नत्र अहिलेसम्म अरुको जे भैरहेको छ त्यस्तै ।’

नेपाली चलचित्रको बजार राम्रो बन्दै गएपनि अझैं भनेजस्तो नभएको उनको तर्क छ ।

उनलाई लभ स्टोरी चलचित्रमा काम गर्न सवैभन्दा मज्जा लाग्छ । मुसुक्क हाँस्दै उनि भन्छिन्, ‘कहिलेकाहि चलचिका लागी आफर आयो भने काम गर्ने हो, यतिकै जस्ता पायो त्यस्तै चलचित्रमा काम गर्दिनँ, मलाई मेरो पेशाले असाध्यै ब्यस्त पनि बनाएको छ ।’

 Image