कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
विद्यालय जीवनमा मैले जुन विधि अपनाएर पढें, स्नातकोत्तरसम्म पनि त्यही विधि अपनाएँ । कक्षाकोठामा ध्यान भड्किन दिइन । सधैं पढाइमा केन्द्रित भएर अघि बढें । सम्भवतः त्यसैले होला, स्नातकोत्तर तहमा पनि मैले उत्कृष्ट नतिजा हात पारें ।
त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विद्याभूषण पदक थाप्दा गौरवानुभूति भयो । आफ्नो परिश्रमको फल पाएजस्तो लाग्यो । लामो समय विदेशमा बसेकाले मलाई यहाँ एडजस्ट हुन केही समय लाग्यो ।
म आफूले रोजेको विषय एमबीए र अहिले गरिरहेको कामबाट निकै सन्तुष्ट छु । नेपालमै बसेर काम गर्दा आफ्नो परिवार तथा साथीभाइहरूसँग सुख–दुःख साट्न पाइन्छ । यहाँ आफ्नो कमाइप्रति पनि गुनासो गर्ने ठाउँ छैन ।
नेपालमा कुनै पनि डिग्री छ भन्दैमा राम्रो जागिर पाइन्छ भन्ने छैन । डिग्रीले हामीलाई बिकाउने होइन, आफूले आफैंलाई बिकाउन सक्नुपर्छ । डिग्रीले व्यवस्थापकीय क्षमता मात्र बढाउँछ । सफल हुन शैक्षिक डिग्रीका साथै आफूलाई क्षमतावान् पनि साबित गर्नुपर्छ । भविष्यमा के गर्ने भनेर योजनाबद्ध तरिकाले अघि बढे पक्कै सफल भइन्छ ।