Successfully Copied

नेपाल र भारतका महिला पर्यटन उद्यमी सम्मानित

नेपाल र भारतबीच मित्रवत् सम्वन्ध अझै सुदृढ गर्न पर्यटन क्षेक्रमा सत्रिय महिला उद्यमीलाई सम्मान गरेको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा पलेटिज होलिडेले नेपाल र भारतका पर्यटन क्षेक्रमा सत्रिय महिलाहरुलाई सम्मान गरिएको हो ।

बुधवार आयोजित एक विशेष समारोहमा प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले नेपाल तथा भारतका पर्यटन उद्यमीहरुलाई सम्मान गरेकी हुन् । समारोहमा होटल व्यवसायी अम्बिका श्रेष्ठ, सगरमाथा आरोही तथा सञ्चारकर्मी रोजिता बुद्धाचार्य, पर्यटन व्यवसायी सुनैना रावतका साथमा भारतीय पयर्टन उद्यमी महिलाहरु सुचिता नागपाल, मेघा शर्मा तथा सुकन्या एमलाई सम्मान गरिएको हो । उनीहरुलाई ‘टुरिजम इन्टरप्रेनर्स इन्टरनेशनल वुमेन अवार्ड–२०१९’ प्रदान गरिएको हो । सम्मान समारोहमा श्रेष्ठ भने अनुपस्थित रहिन् । 

समारोहमा आयोजक संस्था पलेटिज होलिडेका अध्यक्ष किशोर घिमिरेले सम्मान नेपाली पर्यटन विधाका तीन महिला र भारतीय पर्यटन क्षेत्रका तीन महिला उद्यमीलाई सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताए ।

नेपालमा पहिलो पटक आयोजना गरिएको भ्वाइसेज एण्ड भिजन्स नेपालमा सम्मानित महिलाहरुले आफ्नो संघर्षको कथा सुनाएका थिए ।

नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आयोजना गरिएको समारोहको प्रारम्भका सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । 

 Image