सिजलको यात्रा
आजबाट २२ सेप्टेम्बरसम्म इन्डोनेसिया र सिंगापुरमा संचालन हुने मिस टुरिजम वल्र्ड वाइड २०१९ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सिजल कुँवरले सहभागीता जनाउने भएकी छिन् । उक्त प्रतियोगीतामा कुँवरले नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

छाला तथा सौन्दर्य विशेषज्ञ डा. श्रुजना श्रेष्ठ समाजमा आफ्नो छुट्टै पहिचान बनाउनु नै अहिलेको आफ्नो संघर्ष रहेको बताउँछिन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा बुधबार आयोजित ‘निर्भीक नारी’ को अन्तिम सत्र 'अवरोधहरू छिचोल्दै उडान' मा उनले महिलाहरूले अहिले समाजमा आफ्नो पहिचान बनाउन संघर्ष गर्नु परेको बताएकी हुन् । एब्सुलेट एस्थेटिक्सका कार्यकारी निर्देशकसमेत रहेकी उनी आफूले विदेशमा गएर सिकेको नयाँ प्रकृयालाई अरुसँग पनि बाँड्दै आएको बताउँछिन् । 'मलाई डर्माटोलोजी क्षेत्रमा सामान्य क्लिनिक खोल्नुभन्दा अर्कै नयाँ प्रक्रियाको क्लिनिक खोल्नु थियो । विश्वमा चलिरहेको एस्थेटिक अनि कस्मेटिकका कुरालाई नेपालमा ल्याएर क्लिनिक खोल्ने सपना थियो,'श्रुजना भन्छिन्,'हाइड्रा फेसियल मेडिकल डिभाइस पहिलो पटक ल्याएँ र छालासम्बन्धी समस्याहरूको समाधानका लागि प्रयोग गर्दै आइरहेको छु । नयाँ कुराहरु नेपालमा ल्याउँदै गएँ ।'