Successfully Copied

किन रोकियो एकल महिला सुरक्षा कोष

एकल महिलालाई अत्यावश्यक परेको समयमा सहयोग उपलब्ध गराउन स्थापित एकल महिला सुरक्षा कोष आठ महिनायता सञ्चालनमा आएको छैन । सरकारले सबै जिल्लाका महिला बालबालिका कार्यालय खारेज गरेसँगै कोषको सञ्चालन रोकिएको हो ।

एकल महिलालाई अत्यावश्यक परेको समयमा सहयोग उपलब्ध गराउन स्थापित एकल महिला सुरक्षा कोष आठ महिनायता सञ्चालनमा आएको छैन ।

सरकारले सबै जिल्लाका महिला बालबालिका कार्यालय खारेज गरेसँगै कोषको सञ्चालन रोकिएको हो । कोष सञ्चालन नियमावली अनुसार केन्द्रमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिवको अध्यक्षतामा कोष सञ्चालन हुन्छ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएपनि कोष सञ्चालनको जिम्मेवार निकाय महिला बालबलिका कार्यालय रहेको थियो ।

गएको साउनयता महिला बालबालिका कार्यालय स्थानीय तह मातहतमा गएपछि कोष सञ्चालनमा अन्यौलता आएको हो 

सरकारले एकल महिलालाई अत्यावश्यक अवस्थामा सहयोग गर्न २०७१ सालमा पाँच करोड रुपैयाँको एकल महिला सुरक्षा कोष स्थापना गरेको थियो । २०७२ सालमा कोष सञ्चालन नियमावली आएपछि एकल महिलाले अत्यावश्यक अवस्थामा २५ हजार रुपैयाँसम्म अनुदान पाउँदै आएका थिए ।

कोषको केन्द्रीय समितिकी सदस्य तथा एकल महिला समूहकी कानून अधिकृत राजिन रायमाझी गएको साउनदेखि कोष सञ्चालन रोकिएको बताउँछिन् । उनका अनुसार स्थानीय तहको मातहतबाट सञ्चालन हुनेगरी नियमावली संशोधनको तयारीमा छ ।

एकल महिला सुरक्षा कोषबाट विभिन्न जिल्लाका एकल महिलाले शिक्षा, तालिम, औषधी उपचार, व्यवसाय, हिंसामा पर्दा राहत, उद्दार तथा पुर्नस्थापना लगायतका काममा सहयोगको लागि रकम लिँदै आएका थिए ।

 

 Image