Successfully Copied

डीक्रा बादीको खुशीको दिन

फागुन ११ गते शनिबार जीवनकै खुसीको दिन बन्यो लोकगायिका डीक्रा बादीको जिन्दगीमा । यो दिन उनले पहिलोपटक एकल गायन मार्फत थरिथरिका दर्शक तथा श्रोताको मन जित्न पाइन् । लामो समयको अन्तराल पछि गायनमा फर्किएकी डीक्राका आँखामा खुसीका आँसु टलपल थिए ।

फागुन ११ गते शनिबार जीवनकै खुसीको दिन बन्यो लोकगायिका डीक्रा बादीको जिन्दगीमा । यो दिन उनले पहिलोपटक एकल गायन मार्फत थरिथरिका दर्शक तथा श्रोताको मन जित्न पाइन् । लामो समयको अन्तराल पछि गायनमा फर्किएकी डीक्राका आँखामा खुसीका आँसु टलपल थिए ।

जब एकल डेउडा गायन कार्यक्रमको उद्घोषण गरिरहेका कवि एवम् सुदूरपश्चिमका सांस्कृतिक अभियन्ता हेमन्त विवशले उनलाई मञ्चमा बोलाए । तब उनी हँसिलो मुद्रामा उभिएर सबैलाई अभिवादन गरिन् । अनि एकै छिनमा पति कित्थ्या बादीको सारंगीको तालमा जीन्दगीका आलाप रेट्न थालिन् । क्षणभर दर्शकहरुलाई भावुक बनाइहालिन् । 

कार्यक्रममा उनले ५ वटा दोहोरी पनि गाइन् । दोहोरीमा उनलाई कित्थ्या र गायिका झुमा लिम्बुले साथ दिएका थिए । ठाडी भाकामा विरह पस्केकी गायिकाले दोहोरीमा प्रेमिल शब्द पस्किइन् ।

राष्ट्रिय नाचघरमा खचाखच दशर्कबीच बडा आत्मविश्वासका साथ उनले गाइन् । उनलाई संगीतमा सृजनशील युवाहरु शम्भु बानियाँ, हरि गुरूङ, पारसमणि सुवेदी, कृष्ण साउँदेन लिम्बु र सञ्जीब मैनालीले साथ दिएका थिए ।  

पचासको दशकदेखि एल्बम निकाल्न थालेकी डीक्रा पछिल्लो एक दशकदेखि ओझेल परेकी गायिका हुन् । कोइली कण्ठ भएकी उनलाई गायनमा पुनरागमन गराउन पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले काठमाडौंमा उतारेको हो । कन्सेप्ट नेपालको होस्टेमा रैथाने संगीत समूह काठमाडौं र अलिमियाँ लोकवाङमय प्रतिष्ठान पोखराले हैंसे गरेका छन् ।

कन्सेप्ट नेपालले लोकगायिका डीक्रालाई नगद पचास हजार रुपैयाँ र कदरपत्र प्रदान गरेर कार्यक्रम सुरू गरेको थियो । संगीतकार बुलु मुकारूङले कदरपत्र र कवि श्यामलले नगद हस्तान्तरण गरेका हुन् । कार्यक्रमको हल बाहिर राखिएको चन्दा बाकसमा दशर्कहरुले करिब ४५ हजार रुपैयाँ दान गरेका थिए । त्यो रकम पनि डीक्रा दम्पत्तिलाई हस्तान्तरण गरियो । 

 Image