मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’

२३ वर्षीय प्रशान्तजंग शाह फिलिपिन्सको मनिलामा यही फागुन २ देखि १२ गतेसम्म सञ्चालन हुने पुरुष व्यक्तित्व, बौद्धिकता एवं सुन्दरताको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर इन्टरनेसनलको १३औं संस्करणमा सहभागी हुँदैछन् ।
फुटबल, फिटनेस तथा मोडलिङमा रुचि राख्ने प्रशान्तले हालै मात्र ग्रुप अफ इभेन्ट इन्टरटेनर्स जिजिईको आयोजनामा सञ्चालित म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१९ अन्तर्गत मिस्टर इन्टरनेसनल नेपाल–२०१९ को उपाधि जितेका थिए ।
प्रशान्तले मिस्टर इन्टरनेसनल–२०१९ को सहभागिताका लागि कोरियोग्राफर रोजिन शाक्यबाट अभिमुखीकरण एवं ग्रुमिङ प्राप्त गरेका छन् । प्रशान्त यसअघि एन्भोग फेस अफ हाउस अफ फेसनको पाचौँ संस्करणमा सेकेन्ड रनर्सअप भएका थिए भने उनले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट बैंकिङ एन्ड एन्स्युरेन्समा ग्राजुएट गरेका छन् ।