Successfully Copied

एक रुपैयाँमा सेनेटरी प्याड दिने भेन्डिङ मेसिन

यहि कुरालाई ध्यानमा राखेर काठमाडौंको बाफलस्थित ज्ञानोदय उच्च माविले स्कुलमै स्यानिटर प्याडको व्यवस्था गरेको छ । ज्ञानोदय माविले महिनावारी भएका विद्यार्थी र शिक्षिकाहरूलाई सेनेटरी प्याड उपलब्ध गराउन तीन महिनाअघि भेन्डिङ मेसिन राखेको थियो । एक रूपैयाँको सिक्का भेन्डिङ मेसिनमा खसाले पछि प्रयोगकर्ताले प्याड

किशोरावस्था सुरु हुँदै गर्दा महिलामा महिनावारी सुरु हुन्छ । अघिकांश बालिकाहरुको स्कुल पढ्दै गर्दा महिनावारी सुरु हुन्छ । यहि कुरालाई ध्यानमा राखेर काठमाडौंको बाफलस्थित ज्ञानोदय उच्च माविले स्कुलमै सेनेटरी प्याडको व्यवस्था गरेको छ । तर, त्यसका लागि प्रयोगकर्ताले ६ रुपैयाँ शुल्क तिर्नु पर्ने छ । 

ज्ञानोदय माविले महिनावारी भएका विद्यार्थी र शिक्षिकाहरूलाई सेनेटरी प्याड उपलब्ध गराउन तीन महिनाअघि भेन्डिङ मेसिन राखेको थियो । हाल सोही मेसिनबाट स्कुलमा अध्ययनरत विद्यार्थी तथा शिक्षिकालाई प्याड उपलब्ध गराउने गरेको स्कुल व्यवस्थापनले जनाएको छ । एक रूपैयाँको सिक्का भेन्डिङ मेसिनमा खसाले पछि प्रयोगकर्ताले प्याड प्रयोग गर्न पाउँछन् । प्याड प्रयोग बापतको बाँकी ५ रुपैयाँ भने स्कुल व्यवस्थापनलाई बुझाउनु पर्ने छ । 

१२ देखि १५ वर्ष उमेरका छात्रालाई ध्यानमा राखेर सुरु गरिएको यो सेवाले विद्यालयको समग्र शैक्षिक गुणस्तरमै फाइदा पुगेको प्रधानाध्यापक नातिकाजी महर्जनको भनाई छ । उनका अनुसार महिनाका ती चार/पाँच दिन छात्राहरू आफ्नो समस्या अरूलाई भन्ने झन्झट वा सरमले विभिन्न बहानामा घरमै बसिदिन्थे । यसले पढाइ त छुट्थ्यो नै, नियमित स्कुल आउने बानी पनि बिग्रन्थ्यो ।

ज्ञानोदय स्कुलमा निम्न आर्थिक स्तरका विद्यार्थी धेरै पढ्छन् । उनीहरूको स्यानिटरी प्याड प्रयोग गर्ने क्षमता हुँदैन । पुराना कपडा प्रयोग गर्छन् । त्यही भएर त्यस्ता छात्रा महिनावारी भइञ्जेल स्कुलबाट गयल भइदिन्छन् । भेन्डिङ मेसिन राखेर सस्तैमा प्याड उपलब्ध गराउन थालेपछि यो समस्या टरेको प्रधानाध्यापक महर्जनले बताए ।

 Image