प्रगति पथमा महिलाको अग्रसरता
(कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा नारी सम्पादक घिमिरेले राखेको मन्तव्यको संपादित अंश)

दया लस एन्जलसस्थित परफर्मेन्स सेन्टर अर्गनाइजेसन थिएटरको एक्ज्युकेटिभ तथा एक्टिङ मेन्टर हुन् जसले स्टुआर्ट रोगर्स ग्रान्ट जितेको थियो । त्यसअगावै दयाले सिबिएस हिट अपियर ‘एक्स्ट्रअर्डिनरी’ का लागि सम्पूर्ण कुराको संयोजन गरेकी थिइन् ।
बलिउड एवं हलिउड अत्यन्त प्रतिस्पर्धात्मक छन् । त्यहाँ जोकोही सहजै स्थापित हुन गार्हो छ । अन्तर्राष्ट्रिय चलचित्र जगत्मा केही नेपाली निर्माता–निर्देशकको आँखामा पर्ने मात्र होइन दर्शकको मनसमेत जितिरहेका छन् । भारतीय चलचित्र तथा संगीतको क्षेत्रमा स्थापित माला सिन्हा, डेनी, उदितनारायण, मनीषा कोइरालालाई अन्तर्राष्ट्रिय संगीत–फिल्म वृत्तमा नेपाली शान मानिन्छ । यो पुस्तापछि अझ विस्तृत र फराकिलो प्लेटफर्ममा पुगेका केही नेपाली संसारभर आफ्नो कला र क्षमता प्रस्तुत गरिरहेका छन् । उनीहरू डायस्पोरामा नेपाललाई चिनाउन सफल भैसकेका छन् ।
बाल्यकाल काठमाडौंमा बिताएकी डिचेनले लाचम्यान टिबेटियन आमा तथा अस्ट्ेरलियन बाबुकी छोरी हुन् । शैक्षिक अपग्रेडिङका लागि अस्ट्ेरलिया पुगेकी डिचेन लोरउड मोरियल्टा हाइस्कुल, एनेस्ले कलेज हुँदै युनिभर्सिटी अफ एडेल्एडबाट अध्ययन पूरा गरेकी हुन् । सुरुवाती दिनमा उनले एडेल्एड र सिड्नीका अभिनय केन्द्रहरूमार्फत आफूमा भएको अभिनय क्षमता निखार्ने काम गरिन् ।
सन् २००६ मा अक्वामारिनमा गरेको प्रशंसनीय अभिनयबाट उत्साहित हुँदै उनले सन् २००९ मा मेलबर्नमा बसेर फक्स एरेन्जमेन्ट डलहाउसको दुई चरण सकेकी थिइन् । त्यसअघि उनले सन् २००५ मै अस्ट्ेरलियाकै सबैभन्दा लामो चल्ने म्युजिकल शो नेइबोर्समा मेडिकल एटेन्डेन्स कात्या किन्सकीका रूपमा कास्ट गरिसकेकी थिइन् । अद्वितीय कलात्मक क्षमताकी धनी डिचेनलाई संसारभर अन्तर्राष्ट्रिय नेपाली सेलिब्रेटीका रूपमा चिनिन्छ । त्यसपूर्व उनले इले रोबिन्सन तथा पावल रोबिन्सको सानी केटीको भूमिकामा अभिनय गरे पनि चलचित्रवृत्तमा उनलाई कात्याले ठूलो हाइट दियो ।
ल्याटिन आमा तथा नेपालको पूर्वी सीमावर्ती क्षेत्रका बाबुकी छोरी दया बैद्य ‘दया भिभियन बैद्य’ का नामले संसारभर प्रख्यात छिन् । सन् १९७३ मा काठमाडौंमा जन्मिएकी बैद्य ओकल्यान्ड, क्यालिफोर्नियामा हुर्किइन् । सानैदेखि नाटकमा रुचि राख्ने दया छोटो समयमै थुप्रै भूमिका निर्वाह गर्न सफल भइन् । आफ्नो रगतमै अभियन बगेको बताउने यी अभिनेतृ तीन वर्षको उमेरमै ओकल्यान्ड ब्यालेटस इम्याजिनेटिभ चिफ रोन गुड्डीको आँखामा परेकी थिइन् । ११ वर्षको उमेरमा त दयाले प्रख्यात बे यरिया युथ थिएटरमा अभिनय गरिसकेकी थिइन् । स्कुले कक्षाहरूमा उनले अभिनयलाई प्रमुख र नृत्य ऐच्छिक बनाएकी थिइन् । उनले दर्जनौं नाटकका विविध पात्रका साथै जोस रिभेराको ‘मारिसोल’ मा आफ्नो सशक्त अभिनय प्रस्तुत गरिसकेकी छिन् ।
स्कुलमा छुट्टी लिएर डान्स र थिएटरका लागि न्यूयोर्क पुग्ने बैद्यले आफ्नो आफ्नो अध्ययय पूरा भएपछि थिएटरमा बिएफएसमेत गरिन् । त्यसपछि उनी न्यूयोर्क र लसएन्जलसका कयौं कमर्सियल विज्ञापन, टेलिभिजन कार्यक्रम तथा चलचित्रमा देखा पर्न थालिन् । दया लस एन्जलसस्थित परफर्मेन्स सेन्टर अर्गनाइजेसन थिएटरको एक्ज्युकेटिभ तथा एक्टिङ मेन्टर हुन् जसले स्टुआर्ट रोगर्स ग्रान्ट जितेको थियो । त्यसअगावै दयाले सिबिएस हिट अपियर ‘एक्स्ट्रअर्डिनरी’ का लागि सम्पूर्ण कुराको संयोजन गरेकी थिइन् ।
एबीसीको ‘म्यानोर’ मा आँखा झिम्कन नदिने अभियन गरेकी यी अभिनेतृ हाल अम्याजोनको थ्रिलर ‘बोच’ लाई दोहोर्याइरहेकी छिन् । ब्लुको सुटिङताका भेटिएका डन वालाससँग विवाह गरेकी दया र डन दुवैले उक्त चलचित्रमा अभिनय गरेका छन् ।
पाटनकी श्वेता लामिछाने हाल अमेरिकामा छिन् । परफर्मिङ आर्टमा दृढ भएर लागेकी श्वेता स्किन केयर तथा मेकअप व्यवसायीसमेत हुन् । थिएटर अभिनय, विज्ञापन हुँदै हालसालै चारवटा स्वतन्त्र चलचित्रमा काम गरेकी श्वेताको ‘लिटल थिङ कल्ड लभ’ वेभमार्फत हिट भएको थियो । हालै निर्माण कार्य सम्पन्न श्वेताका चार स्वतन्त्र चलचित्र विभिन्न फिल्म फेस्टिभल, फिल्म सेलिब्रेसन तथा सनडान्समा स्क्रिनिङ गरिने बताइएको छ । केही समयअघि ‘ह्युमेन भ्यालुज अवार्ड’ को सेलेक्सनमा परेकी श्वेता अन्तर्राष्ट्रिय चलचित्र जगत्मा आशालाग्दी नेपाली स्टार हुन् ।