Successfully Copied

नेपालको प्रतिनिधित्व गर्दै अनुस्का 

इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल–२०२०’ अनुस्का  रायमाझीले नेपालको प्रतिनिधित्वे गर्ने भएकी छिन् ।

इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल–२०२०’ अनुस्का  रायमाझीले नेपालको प्रतिनिधित्वे गर्ने भएकी छिन् ।

मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो । 

रायमाझीलाई गत वर्षकी मिस इको इन्टरनेसनल विजेता मुना गौचनयले ताज लगाई दिएकी थिइन् । 

रायमाझीले आगामी मार्चमा ईजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेसनल २०२०’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुन् ।

रायमाझी नेपालको तर्फबाट सहभागीता जनाउने पाँचौ सहभागी हुन् । यसअघिका प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले सहभागिता जनाएका थिए । मिस इको नेपालको उपाधी लगाएपछि रायमाझीले अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने एक अवसर प्राप्त भएको बताएकी छन् । 

 Image