तिर्खाएको बेला मात्र पानी पिउनुपर्छ
तिर्खाएको अनुभव छैन भने पानी पिउनु उपयुक्त हुँदैन । आयुर्वेदमा शरीरको श्रमअनुसार पानी पिउनुपर्छ भनी उल्लेख गरेको छ । पानी यति नै पिउनुपर्छ भन्नलाई यसको अनुपात तय गर्न सकिँदैन ।

धेरैजसो पसलेले चटपटे, पकौडा, समोसा, पुरी, जेरी, मिठाईं आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन् । तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ । पत्रिकामा राखिएका खानेकुरा स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छन् ।
यसलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था छैन । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले हालै एडभाइजरी जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका दृष्टिले खतरनाक बताउँदै भारतीय नागरिकहरूलाई सचेत गराएको छ ।
पत्रिकालाई भाँडाका रूपमा प्रयोग गर्दा क्यान्सर, पेटसम्बन्धी समस्या, उच्च रक्तचाप तथा मिर्गौलाको रोग लाग्ने सम्भावना हुन्छ ।