Successfully Copied

लिटिल स्टार अफ द इयर–२०१९ को उपाधि नेरिस्का, अभिनभ र शोनितलाई

‘लिटिल स्टार अफ द इयर–२०१९’को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले जितेका छन् । नेरिस्का (ग्रुप–ए), अभिनभ (ग्रुप –बि) र शोनित शाख (ग्रुप –सि)तर्फको विजेता बन्न सफल भए । तीनै जना विजेताले शीर्ष उपाधिका साथमा विभिन्न गिप्ट ह्याम्पर प्राप्त गरेका छन्

‘लिटिल स्टार अफ द इयर–२०१९’को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले जितेका छन् । नेरिस्का (ग्रुप–ए), अभिनभ (ग्रुप –बि) र शोनित शाख (ग्रुप –सि)तर्फको विजेता बन्न सफल भए । तीनै जना विजेताले शीर्ष उपाधिका साथमा विभिन्न गिप्ट ह्याम्पर प्राप्त गरेका छन् । 

७ देखि १४ वर्षसम्मका ६५ बालबालिकाको सहभागिता रहेको प्रतियोगीतामा ७ देखि ९ ( ग्रुप ए), १० देखि १२ ( ग्रुप बि) र १३ देखि १४ ( ग्रुप सि) गरि भिन्न भिन्नै तीन समूह विभाजन गरिएको थियो ।

स्पर्धामा ग्रुप (ए) तर्फ बेलिश्ना जीसी फष्टरनर अफ, एन्जेल वान्तावा सेकेण्ड रनरअफ, सुनिश्का मिश्रा, थर्ड रनरअफ र नेरिया न्यौपाने फोर्थ रनरअफ चुानिदा ग्रुप (बि) तर्फ प्रिन्स प्रसिद थापा, आरोन लाल श्रेष्ठ, राजा श्रेष्ठ, दीपसन भुजेल क्रममा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअफ घोषित भए ।

त्यस्तै ग्रुप (सि) थर्फ भने पल्शा खड्का, आस्का श्रेष्ठ, आन्नया भट्टराई र युभानी लोहनी क्रममा फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्ट रनरफको उपाधि चुम्न सफल सफल भए । प्रतियोगितामा लिटिल स्टार आलिया पन्त, रियान चुशाकी, प्रक्रित केसी, लिटिल प्रिन्सेज सम्बृद्धी ओझा, लिटिल प्रिन्स प्रकृत केसी घोषित भए । 

स्पर्धामा निर्णायक ब्लू–क्रस अस्पतालका निर्देशक रजत श्रेष्ठ, अनुप शक्सेना, नृत्य निर्देशक कमल राई, कला सुब्बा, गोबिन्द राई, रुक्सा वैद्य, आकांक्षा भट्टराई,  मिस्टर नेपाल २०१७ अक्क्ष जंग रायामाझी रहेका थिए ।

 Image