Successfully Copied

यसरी रहौं न्यानो

जाडो महिनामा मसलायुक्त खानेकुराको प्रयोग बढी मात्रामा हुन्छ जसले शरीरलाई न्यानो राख्न सघाउँछ । हिमाली भेगतिर, जहाँ अत्यधिक चिसो र हिउँ पर्ने हुन्छ त्यहाँ फापरको पिठो राखी बनाइएको सुपमा च्याङ्ग्राको सुकुटी मिसाइन्छ, त्यति मात्र होइन विभिन्न जडीबुटी हालेर त्यसलाई अझ स्वादिष्ट बनाइन्छ ।

अहिले जाडो उत्कर्षमा पुगेको छ । खानपान, हिँडडुल, लुगाफाटो आदिमा सतर्कता अपनाउन सकिएन भने बिरामी भएर दु:ख पाउनुका साथै थुपै्र पैसा समेत खर्च हुन सक्छ । त्यसैले समयमै सावधानी अपनाएर समय र पैसा जोगाई सजग रहनु बुद्धिमानी ठहरिन्छ । अहिले न्यानो रहनुपर्ने समय हो र न्यानोपनका लागि सघाउने थुप्रै सामग्री बजारमा उपलब्ध छन् । शरीर तताउने खाद्यान्न तथा लुगाफाटा हुन् वा घरलाई न्यानो राख्ने सामग्री यी सबैको महत्व यतिबेलै हुने हो । जाडोमा विशेषत: वृद्धवृद्धा एवं बालबालिकालाई चिसोबाट जोगाउन निकै कठिन हुन्छ । यस्तो अवस्थामा तातो–न्यानोमा बढी जोड दिनुपर्छ । 

खानपान

जाडो मौसममा बाहिरी वातावरण मात्र नभएर भित्र बस्दा पनि हाम्रो शरीर चिसो हुन्छ । त्यसैले जाडोमा जिउ तात्ने खानेकुरा बढी खानुपर्छ । तात्तातो सुप, गहतको झोल, रातो दाल, खुट्टीको सुप आदि झोल खानेकुरामा बढी जोड दिनु उपयुक्त हुने फुड टेक्नोलोजिस्ट भारती अधिकारी बताउँछिन् । ‘शाकाहारीहरूका लागि पनि विभिन्न भेजिटेबल मिसाइएका सुप यो मौसममा उपयुक्त हुन्छन् । कतिपयको बानी चिसो मौसममा बढी नै तातो पानी पिउने हुन्छ, तर जाडो होस् वा गर्मी दुवै मौसममा मनतातो पानी पिउनु उत्तम हुन्छ ।’अधिकारी भन्छिन्–जाडो मौसममा साबिकको भन्दा धेरै पानी पिउनुपर्छ । चिसोका कारण हामी यो समयमा पानी पिउन अल्छी गर्छौं जसले गर्दा शरीरमा पानीको मात्रा कम भई डिहाइड्ेरसन हुने र त्यसको प्रभाव शरीरको बाहिरी छालालगायत भित्री अङ्गहरूमा पनि पर्ने सम्भावना रहन्छ ।

तसर्थ यो समयमा पानी, फलफूललगायत झोलयुक्त खानेकुरा बढी मात्रामा सेवन गर्नुपर्छ । जाडो महिनामा मसलायुक्त खानेकुराको प्रयोग बढी मात्रामा हुन्छ जसले शरीरलाई न्यानो राख्न सघाउँछ । हिमाली भेगतिर, जहाँ अत्यधिक चिसो र हिउँ पर्ने हुन्छ त्यहाँ फापरको पिठो हाली तयार पारिएको सुपमा च्याङ्ग्राको सुकुटी मिसाइन्छ, त्यति मात्र होइन विभिन्न जडीबुटी हालेर त्यसलाई अझ स्वादिष्ट बनाइन्छ । त्यसले शरीरलाई शक्ति दिनुका साथै न्यानो प्रदान गर्छ । जाडो मौसम भनेको खाना रुच्ने समय भएको र अन्य मौसमको तुलनामा बढी नै खाइने हुँदा तौल बढ्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्ने बताउँदै डाइटिसियन रश्मि बजिमय भन्छिन्–‘जाडोमा छोटो समयको अन्तरमै बढी भोक लाग्छ ।

त्यस्तो अवस्थामा हामी ड्राइफ्रुट्स, ताजा फलफूल, मनतातो पानी, सुप खान सक्छौं । खाना रुच्यो भन्दैमा एकैपटकमा धेरै खाँदा शरीर मोटाउँछ र विभिन्न रोगले संक्रमण गर्न सक्छन् तसर्थ जाडोको खानपानमा विशेष ध्यान पुर्‍याउनु जरुरी हुन्छ ।’ रश्मिका अनुसार हाम्रो घरमै फल्ने जरायुक्त पिँडालु, सखरखण्ड, तरुल, भुइँस्याउ आदि सिजनेबल खानेकुरा खानु उपयुक्त हुन्छ । मुख्यत: हरिया सागपात, तरकारी, फलफूल, दाल, विभिन्न प्रकारका सुप यो मौसमका उपयुक्त खाद्यान्न हुन् । अन्तर्राष्ट्रिय म्यागजिन इटिङ वेलले अनार, आलु, काला डाँठयुक्त सागपात, रसिला फलफूल तथा फर्सी, सलगम तथा ड्राइफ्रुट्सलाई जाडो मौसमको उपयुक्त खाद्यान्नमा सूचीकृत गरेको छ । त्यसैगरी ज्वानो, जिरा, अदुवा, दालचिनी, ल्वाङ–सुकमेल, जाइफल, बेसार, अलैंची आदि मसला प्रजातिका प्रयोगमा जोड दिनसमेत सुझाइएको छ ।

लुगाफाटो

जाडो मौसममा धेरै खरिद गरिने भनेको लुगाफाटो नै हो । हामीलाई बाहिरी चिसो वातावरणबाट जोगिन सघाउने पनि लुगाफाटो नै हुन् । अहिले बजार जाडो लक्षित लुगाफाटाले भरिभराउ देखिन्छ । एक निजी बैंकमा कार्यरत प्रनिशाले यो वर्ष जाडोको लुगा मात्र ४० हजार रुपैंयाँ बराबरको खरिद गरिन् । प्रनिशा भन्छिन्–मोजा–जुत्तादेखि ओभरकोटसम्म एकैपटक खरिद गर्दा लगभग त्यति पैसा खर्च भयो । त्यति खर्च भए पनि म सन्तुष्ट छु किनभने पहिरन नै हो जसले व्यक्तित्व झल्काउँछ । पछिल्लो समय बजारमा आएका जाडोका पहिरन गुणस्तरीय पाएँ ।’

अहिले नेपाली बजारमा चीन, भारत, बंगलादेशलगायत युरोप, अमेरिका, अस्ट्रेलिया, अफ्रिकादेखिका पहिरन भित्र्याइन्छ । अहिले नेपालमा उच्च गुणस्तरीय ब्रान्डेड पहिरन खरिदकर्ता पनि कम छैनन् । यस्ता पहिरन सिम्बोल अफ स्ट्याटसका रूपमा देखिने भएकाले र मूल्यको तुलनामा बढी टिकाउ अनि गुणस्तरीय हुने भएकाले अहिलेका सचेत ग्राहक ब्रान्डेडतर्फ नै बढी आकर्षित भएको रुड सेक क्याप्सुल ब्रान्ड व्यापारी रुक्मिणी आचार्य बताउँछिन् । उनका अनुसार यो वर्ष जाडोमा लेदर र सिन्थेटिक स्टाइलिस्ट ज्याकेट तथा ओभरकोट बढी बिक्री भैरहेका छन् भने पाइन्टको तुलनामा न्यानो–तातो हुने हुनाले जगरको भारी माग छ ।

नयाँबानेश्वरस्थित वाउ फेसनका दीपेन्द्र कोइरालाका अनुसार ज्याकेट, स्वेटर, हाइनेक, ट्राउजर, भित्री भुवायुक्त पाइन्टहरू बढी चल्तीमा छन् । यो मौसमका लागि उपयुक्त लुगा अलि महँगा हुने भए पनि बिक्री–वितरण भने यतिबेला चुलिन्छ । कोइरालाको पसल अहिले न्याना लुगाले भरिभराउ छ । उनी भन्छन्–‘मानिसलाई जाडोबाट टाढा राख्ने मुख्य अस्त्र नै पहिरन हो ।’ काठमाडौं मलका व्यवसायी प्रकाश थापा भन्छन्–‘जाडोमा अत्यधिक बिक्री हुने भनेका लुगाफाटा नै हुन् । आजका हरेक मानिस कामकाजी छन्, कसैको पनि उहिले जस्तो घरमै धेरै समय बित्दैन । 

बालबालिकाका लागि पनि

यो बालबालिकालाई विशेषत: हेरचाह र ख्याल गर्नुपर्ने बेला हो । उनीहरूलाई चिसोले छिट्टै समात्ने र रुघाखोकीलगायतका रोगले संक्रमण गर्ने हुनाले यो समयमा उनीहरूलाई तातो–न्यानो राख्नुपर्ने चुनौती हुन्छ । अहिले बजारमा बालबालिकाका लागि फरक डिजाइन र शैलीका न्याना मोजा–पन्जा मात्र होइन, लुगाफाटो, जुत्तासमेत डिजाइन र फेब्रिक फेरिएर आएका छन् । बालबालिकाका लागि जर्मन, मलेसियन, थाई ब्रान्डका पहिरन बिक्री–वितरण गर्दै आएको नाना पसलकी आँचल प्रधान भन्छिन्–‘बालबालिकाप्रति हरेक कुरामा संवेदनशील हुनु जरुरी छ । अझ गुणस्तरीय ब्रान्डका पहिरनमै जोड दिनुपर्छ ।’ उनीकहाँ नवजात शिशुदेखि लिएर १३ वर्षसम्मका बालबालिकाका लागि न्याना स्टर्किङ, ज्याकेट, स्वेटर, स्वेट सर्ट, हुड, जगर तथा पाइन्ट उपलब्ध छन् । जिनी एन्ड जोनी ब्रान्डले नेपालमा बालबालिकाका लागि स्किन फ्रेन्डली तथा कम्फर्टेबल डिजाइनका पहिरन बिक्री–वितरण गर्न थालेको लामो समय भैसकेको छ । भारतीय ब्रान्ड जिनी एन्ड जोनीका हरेक पहिरन टिकाउ एवं गुणस्तरीय छन् । अहिले जिनी एन्ड जोनीका जाडो लक्षित पृथक् डिजाइन र शैलीका किड्स पहिरन नेपालभरका आउटलेटमा उपलब्ध छन् । तीबाहेक बिग एप्पल, जुप, लिलिपुट, ललिपप, युएफओ, बेबिसप, कटन किड्स आदि ब्रान्डका न्याना पहिरन पनि नेपाली बजारमा उपलब्ध छन् । 

घरलाई पनि राखौं न्यानो 

घर त्यो हो जहाँ मन बस्छ मन जहाँ बस्छ त्यहाँ बढी भन्दा बढी समय बिताउने इच्छा हुन्छ । दु:ख–सुख बिसाउने, हाँसो–खुसी साट्ने अनि मन शान्त पार्ने स्थान घर नै हो । जहाँ हामी बढी समय बिताउँछौं त्यो ठाउँलाई हरेक अवस्थामा उपयुक्त बनाउनुपर्छ । जाडो मौसममा घरलाई न्यानो राख्ने विभिन्न सामग्री बजारमा आएका छन् । बाल्ट्रा ब्रान्डको रुम हिटर तथा एसीले घरलाई तातो बनाउने मात्र होइन घरभित्र धेरै समय बिताउने वातावरण सिर्जना गर्ने नेपालस्थित बाल्ट्राका आधिकारिक बिक्रेता दीपक शाह बताउँछन् । जाडोका लागि बाल्ट्राका भेराइटिज अफ उत्पादन नेपाली बजारमा उपलब्ध रहेको जानकारी दिँदै दीपक भन्छन्–‘यो ब्रान्डका पानी तताउने केटल, इलेक्ट्रिक तथा केरोसिन हिटर, एसी तथा रुम वार्मर यो मौसमका लागि अत्यावश्यक सामग्री हुन् । निश्चित समय वारेन्टीका साथ बिक्रि गरिने हाम्रा उत्पादन गुणस्तरीय एवं टिकाउ छन् ।’ 

होम ग्लोरीका मनोज अग्रवालले आफ्ना उत्पादनमा विविधता भएको स्पष्ट पार्दै भने–‘हाम्रा उत्पादनमा च्वाइस धेरै छ । सानादेखि ठूला आकार–प्रकारका सामग्रीहरूमा सोहीअनुसारको मूल्य निर्धारण गरिएको छ । ग्राहकले आफ्नो आवश्यकता र बजेट हेरी सामग्री खरिद गर्न पाउने वातावरण बनाइदिएका छौं ।’ होम ग्लोरीले पनि जाडोमा पानी तताउने इलेक्ट्रिक केटल, रुम हिटर, एसीलगायतका चिसो मौसममा प्रयोग हुने सामग्री बिक्री–वितरण गर्दै आएको छ । सिजी, हायर, प्यानासोनिक, एलजी, गोदरेज, वाल्टनलगायतका ब्रान्डका रुम हिटर, एसी, फ्यान हिटर, तातोपानीका लागि सामग्री अहिले घरलाई न्यानो राख्ने उपकरण साबित भएका छन् ।

जाडो लक्षित ह्यान्ड वार्मर मोबाइल कभर पनि अहिले निकै चल्तीमा छ । त्यसलाई एकपटक चार्ज गरेपछि ६ घन्टासम्म तातो दिन्छ । त्यसैगरी स–साना आकारका पर्सनल फ्यान हिटिङ क्वार्टज हिटर पनि अहिलेको चिसो समयमा खुब रुचाइएका सामग्री हुन् । बिजुलीद्वारा चल्ने यी साग्रीले तातो हावा फाल्छन् तर यिनले ठूलो ठाउँ कभर गर्दैनन् । नेपालीहरूले जाडोमा निकै प्रयोग गर्ने अर्को सामग्री इलेक्ट्रिक ब्ल्यां केट पनि हो । ओछ्यानमा पस्नु १० देखि १५ मिनेटअघि यसमा बिजुली जडान गर्नुपर्छ जसलाई तन्नाको मुनि र डसनाको माथिको भागमा राखिएको हुन्छ । बेडमा जानुअघि प्लगबाट तार छुटाउनुपर्छ जसले गर्दा विद्युतीय जोखिम कम हुन्छ । चीन, थाइल्यान्ड, मलेसिया आदि मुलुकबाट आयातीत यस्ता इलेक्ट्रिक ब्ल्यांकेटको मूल्य साइज र गुणस्तर हेरी १ हजार रुपैंयाँभन्दा माथि पर्छ । 

 Image