प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
बाजुराको बुढीनन्दा नगरपालिकामा छाउगोठमा आगोलागी हुँदा एक महिलासहित उनका दुई छोराको मृत्यु भएको छ । बुढीनन्दा–९ अंगपानीको भुगेचौउरमा छाउगोठमा आगलागी हुँदा ३५ वर्षकी अम्बा बोहोरा र उनका दुई छोरा ९ वर्षका सुरेश तथा ७ वर्षका रमितको मृत्यु भएको हो ।
बोहोरा मंगलबार बेलुका खाना खाएर घरसँगै जोडिएको टिनले छाएको साँघुरो छाउगोठमा सुतेकी थिइन् । उनीसँगै सुत्न दुई छोराहरु पनि गएका थिए । राति न्यानोका लागि छाउगोठमा बालिएको आगोका कारण उनीहरुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
घटना रातिनै भएको भए पनि बिहान मात्रै थाहा भएको थियो । अम्बाकी सासुले बिहान बुहारीलाई चियाखान बोलाउन जाँदा घटना थाहा भएको हो । गाउँमा हिउँ परेको र जाडो निकै रहेकाले छाउगोठमा बसेकी अम्बाले आगो बालेकी थिइन् । साँघुरो छाउगोठ त्यसमाथि धुवाा निस्कने प्वाल नभएकाले उनीहरु निस्सासिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
अम्बाको घरमा उनीसहित दुई छोरा तथा सासु–ससुरा थिए । उनका श्रीमान भने गएको मंसिरमा रोजगारीका लागि भारत गएको र घटना थाहा पाएपछि फर्किएका छन् ।