Successfully Copied

अनिता आचार्यको रूचि–अरूचि

नायिका तथा मोडल अनिता आचार्य अहिले सहकारी तथा रेस्टुराँ व्यवसायमा रमाइरहेकी छिन् । सानैदेखि मीठो खानामा रुचि राख्ने अनितालाई खाने बेला नाइँनास्ती गर्न आउँदैन । खानाप्रेमी भएकैले होला उनी आफै पनि पकाउन अघि सर्छिन् ।

नायिका तथा मोडल अनिता आचार्य अहिले सहकारी तथा रेस्टुराँ व्यवसायमा रमाइरहेकी छिन् ।  सानैदेखि मीठो खानामा रुचि राख्ने अनितालाई खाने बेला नाइँनास्ती गर्न आउँदैन । खानाप्रेमी भएकैले होला उनी आफै पनि पकाउन अघि सर्छिन् । केही वर्षयता उनी युट्युब हेरेर नयाँ–नयाँ परिकार पकाउँदै खान र ख्वाउन तम्सिन्छिन् । खानाप्रेमी भए पनि फिट रहन डाइटिङ गर्नुपर्ने बाध्यता कतिपयमा छ तर अनिता जति खाए पनि नलाग्ने जिउ भएकाले ढुक्कसँग खान सक्छिन् । खानाको पारखी भएकैले उनले रेस्टुराँ व्यवसायमा हात हालेकी हुन् । अनिता आफ्नो रेस्टुराँमा पनि नयाँ–नयाँ रेसिपी थपिरहेकी हुन्छिन् । 

अनितालाई मनपर्ने परिकार 

दाल, भात, तरकारी, अचार, गुन्द्रुकदेखि म:म:, चाउमिन, सिजलर, चप्सी, मसरुम तथा तोफु आदिका विविध परिकारका साथै गुलिया, अमिला, पिरा, तीता परिकार । 

खाने शैली

बिहान ब्रेकफास्ट गरेर बाहिर निस्किएपछि लन्च, खाजा बाहिर नै खान्छिन् । अनिता रातिको खाना भने घरमै परिवार सँगै बसेर खान्छिन् । लन्चमा सकेसम्म दाल, भात नै खान रुचाउने उनी दिउँसो फास्टफुड जस्तै म:म:, पिज्जा, सिजलर आदि खान्छिन् । दिउँसो एकपटक फलफूल वा जुस खाने अनिता एकैपटक धेरै भन्दा धेरै पटक थोरै–थोरै खान रुचाउँछिन् ।

 Image