Successfully Copied

आइटीमा उडान

फिल्डमा गए पनि महिलाको सुरक्षाका बारेमा गम्भीर भएर सोचिन्छ । हाम्रो सामाजिक संरचना नै त्यस्तै छ । ३ वर्ष वायरलेसमा काम गर्दा डाँडाकाँडा हिँड्नुपर्ने, टाढा–टाढा फिल्डमा जानुपर्ने हुन्थ्यो । मैले भ्याली बाहिरका धेरै ठाउँमा यसरी नै काम गरेकी छु ।

विगत ८ वर्षदेखि सुबिसु केबल नेटमा नेटवर्क इन्जिनियरका रूपमा कार्यरत रश्मिले नेसनल कलेज अफ इन्जिनियरिङबाट इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन इन्जिनियरिङमा विशेषज्ञता हासिल गरेकी हुन् । आईटी क्षेत्रको नेटवर्किङमा काम गर्ने कम महिलामध्ये एक रश्मि रामलाल र रमा जोशीका ४ सन्तानमध्ये जेठी छोरी हुन् । ‘म सानैदेखि गणित तथा विज्ञानमा रुचि राख्थें, त्यसैले इन्जिनियङतर्फ गएँ ।’ रश्मि भन्छिन्–‘ यो क्षेत्र अत्यन्तै चुनौतीपूर्ण छ । फिल्डमा गए पनि महिलाको सुरक्षाका बारेमा गम्भीर भएर सोचिन्छ । हाम्रो सामाजिक संरचना नै त्यस्तै छ । ३ वर्ष वायरलेसमा काम गर्दा डाँडाकाँडा हिँड्नुपर्ने, टाढा–टाढा फिल्डमा जानुपर्ने हुन्थ्यो । मैले भ्याली बाहिरका धेरै ठाउँमा यसरी नै काम गरेकी छु ।

नेटवर्कमा समस्या आउँदा घन्टौं समय दिएर काम गर्नुपर्ने हुन्छ, तोकिएको समयभन्दा बढी नै बस्नुपर्छ । दिनरात समय दिएर काम गर्नुपर्ने हुन्छ आईटीको क्षेत्रमा । रश्मिले कतिपय अवस्थामा बिहान ४ बजे उठेर राति १० बजेसम्म काम गरेकी छिन् । यही क्षेत्रमार्फत उनी दुई पटक श्रीलंकाको क्यान्डी तथा कोलम्बो पुगेकी छिन् । उनले त्यहाँ विभिन्न वर्कसप तथा कन्फरेन्समा भाग लिएकी थिइन् ।

‘मैले त्यहाँ भच्र्युएलाइजेसन र एडभान्स एमपीएलएस विशेषज्ञता हासिल गरें’ उता सिकेको सीप यहाँ निक्कै काम लागेको रश्मिले बताइन् । अर्को कुरा आफूलाई अपग्रेडेडसमेत फिल भयो । त्यसो त हामी अप टु डेट हुन समय–समयमा सर्टिफिकेसनहरू दिइरहनुपर्छ जसले हामीलाई नयाँ–नयाँ डिभाइसेसका बारेमा ज्ञान दिइरहेको हुन्छ । 

रश्मिका अनुसार हाल आईटी क्षेत्र महिलाहरूका लागि निकै सहज भैसकेको छ । आजभन्दा आधा दशकअघिसम्म पनि आईटीमा महिलाले जागिर नपाउने अवस्था थियो जुन अहिले क्रमशः कम हुँदै गएको छ । रश्मि नेटवर्किङमा काम गर्छिन् । उनको मुख्य काम भनेको क्लाइन्टको डिभाइस कन्फिगरेसन गर्ने, ग्राहकको नेटवर्किङ सोलुसन गरिदिने, नेपालभरि भएका आफ्ना लिंकहरूको मोनिटरिङ, मेन्टेनिङ भेरिभाइड गर्ने, सिस्टम तथा सर्भरसँग सम्बन्धित कुराहरू नै हुन् । यो क्षेत्रमा सफल हुन सबैभन्दा पहिले स्वयं आफै दक्ष हुनुपर्छ भन्ने रश्मिको धारणा छ ।

रश्मि जोशी, इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन इन्जिनियर

 Image