Successfully Copied

बहुवर्षीय फूल एजेलिया

एजेलिया मुख्यत: दुई प्रकारको हुन्छ । पहिलो सदाबहार र अर्को पतझर वर्गमा पर्ने एजेलिया । अमेरिकन एजेलिया पतझर र एसियन एजेलिया सदाबहार हरियो प्रकृतिको हुन्छ्र । नेपालमा पट तथा गार्डेन प्रजातिको एजेलिया पाइन्छ तर पतझर वर्गको एजेलिया भने पाइँदैन ।

एजेलिया नेपालमा लोकप्रिय फूलमध्ये एक हो । बहुवर्षीय यो फूल विभिन्न रंगमा झपक्क फुल्ने हुँदा प्राय: सबै नर्सरी तथा फूलप्रेमीहरूले मन पराउँछन् । गुराँस प्रजातिको यो फूल Ericaceae परिवारअन्तर्गत पर्छ भने यसका हालसम्म ८ सय प्रजाति तथा १० हजार जात विश्वका विभिन्न देशमा फैलिएका छ्रन् ।

एजेलिया मुख्यत: दुई प्रकारको हुन्छ । पहिलो सदाबहार र अर्को पतझर वर्गमा पर्ने एजेलिया । अमेरिकन एजेलिया पतझर र एसियन एजेलिया सदाबहार हरियो प्रकृतिको हुन्छ्र । नेपालमा पट तथा गार्डेन प्रजातिको एजेलिया पाइन्छ तर पतझर वर्गको एजेलिया भने पाइँदैन ।

मुख्यतया मे र जून महिनामा फुल्ने यो फूल कलेजी, सुन्तला तथा सेतो रंगको हुन्छ्र । यद्यपि जात र ठाउँ हेरी यसको फुल्ने मौसम फरक हुनसक्छ । फूल फुल्दा फनेल अर्थात् सोली आकारमा फुल्ने सिंगल एजेलियाको ५ वटा पत्रदल हुन्छ भने डबलको ३० वटाभन्दा बढी पत्रदल हुन्छ । हेर्दा सिंगलभन्दा डबल राम्रो देखिन्छ्र । नेपालमा २८ प्रकारका एजेलिया फेला पार्न सकिन्छ । नेपालमा धेरै जातका एजेलिया पाइने ठाउँ बाँसबारीस्थित इस्टान्र्डड नर्सरी हो ।

उत्पत्ति 

यो फूलको उत्पत्ति उत्तर अमेरिका तथा पूर्वी एसियामा भएको मानिन्छ्र । यो फूल करिब २ दशमलव ५ मिटरसम्म अग्लो हुन्छ भने केही मात्रामा त्यसको ठीक आधा मात्र अग्लो हुन्छ ।

लोकप्रिय वनस्पति 

बीउ, कटिङ र ग्राफ्टिङ  विधिद्वारा यसको विस्तार गर्न सकिन्छ तर नेपालमा धेरैजसो कटिङ विधिबाट नै नयाँ बिरुवा तयार गरिन्छ्र । नेपालमा जापान र अन्य पूर्वी एसियाबाट यसको बिरुवा भित्रिन्थ्यो । एजेलियाको सदाबहार जातलाई प्रसारण गर्न सजिलो हुन्छ, पतझर जातको तुलनामा ।

नेपालमा सुरुमा गार्डेन प्रजातिको एजेलिया लगाइन्थ्यो भने करिब डेढ दशक पहिले यूरोपबाट पट प्रजातिको एजेलिया ल्याएर खेती गर्न थालिएपछि यो नेपालमा लोकप्रिय भएको हो । एजेलिया हाल भारतको दार्जीलिङ तथा कालिम्पोङबाट सजिलै नेपाल भित्रिन्छ । अमेरिकामा पतझर वर्गको एजेलिया लोकप्रिय छ । यसको पात वर्षामा एकपटक झर्छ । पतझर प्रजातिको पात सदाबहार जातको तुलनामा केही ठूलो हुन्छ भने त्यो केही बढी चिसो खप्न सक्ने खालको हुन्छ । सदाबहार प्रजातिले धेरै चिसो खप्न सक्दैन ।

तापक्रम 

एजेलिया प्राय: धेरै प्रकारको हावापानी पनि खप्न सक्ने खालको हुन्छ तर गर्मी मौसममा ३० देखि ३१ डिग्री तापक्रम हुनुपर्छ । गर्मी मौसममा यसको फूल लामो समयसम्म बोटमा रहँदैन ।

माटो 

एजेलिया अम्लीय माटोमा राम्रोसँग हुर्कन्छ । यसका लागि प्रशस्त प्रांगारिक पदार्थ भएको चिस्यान माटो उपयुक्त हुन्छ । गमला तथा कन्टेनरमा रोप्दा पानी जम्न दिनुहुँदैन । केही एजेलिया छहारी र धेरै प्रकाश पर्ने ठाउँमा राम्रोसँग सप्रन्छ तर मध्यान्हमा घामको सीधा प्रकाश पर्‍यो भने फूलको आयु कम हुन्छ । 

मलखाद 

मलखादबिनाको बिरुवा स्वस्थ हुँदैन । स्वस्थ तथा गुणस्तरीय फूल फुलाउन मलखाद आवश्यक हुन्छ । बिरुवा रोप्दा पाकेको कम्पोस्ट, भर्मी कम्पोस्ट मल ५ केजी प्रतिबोट तथा भाँडोमा हो भने २ केजी कम्पोस्ट माटोसँग मिसाएर रोप्नु उपयुक्त हुन्छ्र । झोल मल प्रयोग गर्ने हो भने ५ एमएल प्रतिलिटर पानीमा मिसाई प्रत्येक २ हप्ताको फरकमा छर्नुपर्छ । रोग तथा कीरा लागेका बेला गाईको मल प्रयोग गर्नुहुँदैन ।

एजेलियालाई अम्लीय माटोको खाँचो हुने हुँदा सल्लोको सुकेको पात तथा कोकोपिट मिसाएर प्रयोग गर्न सकिन्छ । प्रांगारिक मलले बोट–बिरुवाको वृद्धि विकासमा मद्दत पुर्‍याउँछ । माटोमा रोपिने फूलका लागि यो अति उत्तम साबित हुन्छ ।

रोग तथा कीरा 

माटोमा बस्ने खुम्रे कीराले यसको नरम तथा मसिनो जरा खाइदिन्छ र बिरुवा ओइलिन्छ । यस प्रकारको कीराको संक्रमण पट तथा गमलामा भन्दा माटोमा बढी हुन्छ्र । एजेलियामा पात बेर्ने कीरा, पात खाने झुसिलकीरा तथा फूलमा लाग्ने मिलिबगको संक्रमण बढी हुन्छ जसले बोटको वृद्धि विकास अवरुद्ध तुल्याउँछ ।

रोग तथा कीराको उपचार 

माटोमा बस्ने खुम्रे कीराको नियन्त्रणका लागि माटोमा प्रयोग गरिने विषादी प्रयोग गर्नुपर्छ । माटोमा प्रयोग गरिने हुँदा यसको मात्रा माटोको क्षेत्रफल एवं भाँडाको आकारमा भर पर्छ । भाँडामा रोपेको भए प्रतिभाँडा साधारणतया २ ग्रामसम्म प्रयोग गर्न सकिन्छ । डाइ मेथोएट १ एमएल प्रतिलिटर पानीमा मिसाएर ड्रेंच गरे माटोमा बस्ने खुम्रे कीरा नियन्त्रण हुन्छ । क्लोरोपाइरिफसको घोल १ एमएल प्रतिलिटर पानीमा मिसाई छर्दा झुसिलकीरा, पात बेरुवा तथा मिलिबग नियन्त्रणमा आउँछ । ढुसीजन्य रोग नियन्त्रणका लागि कार्बेंन डाजिम तथा मेंकोजेबको घोल १ एमएल प्रतिलिटर पानीमा मिसाएर छर्कनुपर्छ ।

 Image