Successfully Copied

जाडोको खाना

भिटामिन सीयुक्त खानेकुरा सुन्तला, कागती, पालुंगो तथा गोलभेंडाले रोगप्रतिरोधक क्षमता बलियो बनाउनुका साथै जाडोमा लाग्ने रुघाखोकी एवं ज्वरोसँग लड्न सहयोग मिल्छ । त्यसैगरी अण्डाको पहेंलो भागबाट प्रशस्त भिटामिन डी प्राप्त गर्न सकिन्छ ।

जाडोमा न्यानो महसुस हुने खाना खानुपर्छ । यतिबेला झोल कुराहरूजस्तै चिकेन सुप, मसरुम सुप, भिटामिन सीयुक्त खानेकुरा कागती, सुन्तला आदि फाइदाजनक साबित हुन्छन् । यसैगरी सुपमा वा तरकारीमा लसुन प्रयोग गर्दा पनि रुघाखोकी तथा ज्वरो आउने समस्याबाट जोगिन सकिन्छ । अमेरिकास्थित एक फर्मास्युटिकल्स एसोसियसनका अनुसार जाडो मौसममा एक गिलास पानीमा ज्वानो, अदुवा तथा दालचिनी हालेर पिए जाडोको फ्लुबाट जोगिन सकिन्छ । 

भिटामिन सीयुक्त खानेकुरा सुन्तला, कागती, पालुंगो तथा गोलभेंडाले रोगप्रतिरोधक क्षमता बलियो बनाउनुका साथै जाडोमा लाग्ने रुघाखोकी एवं ज्वरोसँग लड्न सहयोग मिल्छ । त्यसैगरी अण्डाको पहेंलो भागबाट प्रशस्त भिटामिन डी प्राप्त गर्न सकिन्छ । यसले जाडो मौसममा खोकी तथा छातीको इन्फेक्सनबाट जोगाउँछ । 

सामान्य मानिसका लागि 

बिहान: एक गिलास अदुवा चिया वा ग्रिन टी, एउटा अण्डा । 

बिहानको खानामा १० बजेतिर भात, एक कचौरा दाल तथा गेडागुडीको रस, साग (पालुंगो भए राम्रो), ब्रोकाउली वा काउली खान सकिन्छ । 

यसैगरी दिउँसो १ बजेतिर स्याउ, सुन्तला तथा डार्क चकलेट खाने । ४ बजेतिर पाकेका गेडागुडी, मकै तथा एक गिलास दूध र चिउरा खान सकिन्छ । सम्भव भए हलुवा पनि उपयुक्त हुन्छ । बेलुकाको खानामा २ वटा रोटी एवं एक गिलास गेडागुडीका साथ मसरुम सुप वा चिकेन सुप समावेश गर्न सकिन्छ । राति दूधमा मह तथा बेसार मिसाएर पिउन सकिन्छ । यसले शरीरलाई न्यानो बनाउनुका साथै कफ निमोनियाँबाट जोगाउँछ भने राति मीठो निद्रा लाग्छ । यस्ता खानेकुराले जाडो मौसममा तातो महसुस गराउनुका साथै शरीरलाई आवश्यक पोषणसमेत प्रदान गर्छन् । यो सामान्य मानिसका लागि उपयुक्त डाइट हो । यद्यपि सबैले एउटै क्यालोरी प्रयोग गर्न भने मिल्दैन ।

 Image