पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।

गायिका सोना अमात्यले ‘म त खुल्ला छु’ गीत सार्वजनिक गरेकी छिन् । ‘बर्न फ्रि’ नाराका साथ आएको यो म्युजिक भिडियोले महिला स्वतन्त्रता एवं सशक्तीकरणको आवाज बोलेको छ । भर्सटायल सोना अमात्यको उक्त म्युजिक भिडियोले मूलत: नेपालका समग्र जाति, उमेर, समूह तथा तहका नारीलाई आफ्नो लक्ष्यमा दृढ भएर अघि बढ्न उत्प्रेरित गरेको छ ।
लामो समयदेखि शास्त्रीय संगीतमा साधनारत अमात्यको ‘म त खुल्ला छु’ गीतले आफ्नो करियर तथा लक्ष्यमा आत्मविश्वासका साथ अघि बढ्न, आत्मनिर्भर हुन तथा स्वतन्त्रता उपभोग गर्न हौस्याउँछ । नारीमा भएका विविधता र अलौकिक गुणको चर्चा गरिएको यो म्युजिक भिडियोले महिलालाई परनिर्भर नभई स्वावलम्वी र कसैको भर नपर्ने अदम्य हुन सन्देश प्रवाह गरेको छ ।
‘म त खुल्ला छु’ को अन्त्यमा बर्न फ्रि को नाराद्वारा कुनै मानिस बाँधिएर होइन आफ्नो कर्ममा स्वतन्त्र भएर लागे सफलता मिल्ने सन्देश दिइएको छ । क्रियटिभ कन्सेप्ट मेकिङ तथा मोडलिङमा समेत सक्रिय गायिका अमात्यले दर्जनौं गीतमा स्वर दिइसकेकी छिन् ।