Successfully Copied

फूल व्यवसाय र आत्मानिर्भरता

अहिले पनि करोडौँ रुपैयाँका फूल विदेशबाट आयात हुने गरेको छ । नेपालमा अहिले १ सय ४१ हेक्टर क्षेत्रफलमा फूल खेती हुन्छ । फूल खेती तथा व्यवसायमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित छन् ।

घर, आँगन तथा बगैँचा सजाउन होस् वा पूजाआजाका लागि, फूलको प्रयोग दिन–प्रतिदिन बढिरहेको छ । नेपाली संस्कारमा जन्मदेखि मृत्युसम्म फूल प्रयोग हुन्छ, तैपनि नेपाल फूलमा आत्मनिर्भर छैन । अहिले पनि करोडौँ रुपैयाँका फूल विदेशबाट आयात हुने गरेको छ । नेपालमा अहिले १ सय ४१ हेक्टर क्षेत्रफलमा फूल खेती हुन्छ । फूल खेती तथा व्यवसायमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित छन् ।

कसरी बन्ने ? 

फ्लोरिकल्चरमा लाग्न यति नै योग्यता हुनुपर्छ भन्ने छैन, तैपनि यो विषयमा सामान्य ज्ञान प्राप्त गरेको व्यक्ति नै यो व्यवसायमा सफल हुन सक्छ । फ्लोरिकल्चरसम्बन्धी अध्ययन गरेर वा सम्बन्धित विज्ञबाट तालिम लिएर यो व्यवसायमा प्रवेश गर्न सकिन्छ । विभिन्न विश्वविद्यालय एवं कृषि तथा वन विज्ञानसँग सम्बन्धित केही क्याम्पसमा यो विषयको अध्यापन हुन्छ । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा स्नातकोत्तर तहमा ऐच्छिक विषयका रूपमा फ्लोरिकल्चर विषय अध्ययन गर्न सकिन्छ । त्यसैगरी, विभिन्न संघ–संस्थाहरूले पनि यो विषयमा तालिम प्रदान गर्दै आएका छन् । गोदावरीस्थित सरकारी स्तरको पुष्प विकास केन्द्रले पनि वर्षको दुई/तीनपटक यस्तो तालिम उपलब्ध गराउँछ । त्यसैगरी फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले पनि यो क्षेत्रमा लाग्न चाहनेहरूलाई विभिन्न किसिमका तालिम दिने गरेको छ । 

 Image