केशको सुन्दरतामा एसेसरिज

नारी संवाददाता

मंसिर २६, २०७५

 

क्लिप्स

बजारमा उपलब्ध अनेकौं हेयर एसेसरिजमध्ये हेयर क्लिप्सको माग सर्वाधिक छ । पूरा दिन केशलाई सेट गरी राख्न क्लिप्स प्रयोग गरिन्छ । यसले केशलाई कसेर बाँध्छ । यो ग्लास, विड्स, प्लास्टिकका मोती तथा अलग–अलग प्रकारको रंगीन तारबाट सजिएको विभिन्न साइज, डिजाइन एवं स्वरूपमा उपलब्ध हुन्छ । 

 

क्लचर

अस्थायी रूपमा थोरै वा पूरा केश बाँध्नु छ भने क्लचरले काम चल्छ । यसमा केश समातेर राख्ने, मोटो तथा खुल्ला दाँत हुन्छ । यसले केशलाई अत्यन्तै कसेर बाँध्दैन तर रफ एन्ड टप रूपमा तुरुन्तै केश बाँध्नु छ भने क्लचरको प्रयोग उत्तम विकल्प हो । 

 

कोम्ब एसेसरिज

केशलाई स्टाइल दिई बाँधेपछि सजाउनु छ भने कोम्ब एसेसरिज प्रयोग गर्न सकिन्छ । बजारमा नग, लाख, मोती तथा फेदरका सजावटी कोम्ब उपलब्ध हुन्छन् । 

 

स्टड क्लचर

नामअनुसार नै यो क्लचर स्टड वा नगहरूले सजिएको हुन्छ । कुनै पनि तरिकाबाट केशलाई रफ एन्ड टप स्वरूपमा सजाउनु छ भने स्टड क्लचरको प्रयोग उपयुक्त मानिन्छ । 

 

फेदर हेयर एक्सटेन्सन

केशमा अतिरिक्त लेयर्स र भोल्युमको चाहना छ वा केही नयाँ गर्ने मन छ अथवा अरुभन्दा अलग देखिने इच्छा छ भने फेदर हेयर एक्सटेन्सन प्रयोग गर्न सकिन्छ । 

 

फेदर हेयर एक्सटेन्सन ट्रेन्डी हुनुका साथै यसले केशलाई केही नयाँ लुक पनि प्रदान गर्छ । फेदर एक्सटेन्सनले लामो, छोटो वा मध्यम कुनै पनि प्रकारको केशलाई नयाँ तरिकाले सजाउँछ । रंगीबिरंगी देखिने गरी केश सजाइने यो विधिमा कुनै हानिकारक तत्व प्रयोग हँुदैन । फेदर हेयर एक्सटेन्सन गर्न क्लिप लक प्रविधि प्रयोग गरिन्छ । फेदर एक्सटेन्सनको प्रारम्भ गर्ने श्रेय अमेरिकन आइडियलकी निर्णायक तथा गायिका स्टिवन टेलरलाई जान्छ । 

 

अहिले अधिकांश महिला फेदर एक्सटेन्सनमा लोभिएका पाइन्छन् । कलेज जाने युवतीहरूले रेड तथा अरेन्ज कलरको फेदरका साथ लाउड लुक अपनाउँछन् भने विवाहित महिलाहरूले ब्राउन तथा कपर सेड्स मन पराउँछन् । यस्ता एक्सटेन्सनका लागि क्लिपिङ सबैभन्दा सहज उपाय हो । यसमा केशका साथमा थुप्रै रंगका फेदर लगाउन सकिन्छ भने आफ्नो चाहनाअनुसार कुनै पनि बेला त्यसलाई परिवर्तन गर्न सकिन्छ । फेदर एक्सटेन्सनलाई सजिलै ब्रस, कर्ल वा स्ट्रेट गर्न सकिन्छ । 

 

बटरफ्लाई क्लिप

सिम्पल तर सेक्स अपिल सिर्जना गर्न यो क्लिपलाई आफ्नो बनमा प्रयोग गर्न सकिन्छ । यो एसेसरिज साधारण छ तर साधारण बनका साथ यसको जोडा आउट अफ द वल्र्ड अर्थात् अत्यन्त स्टाइलिस हुन्छ । 

 

क्रिस्टल

भरिएको अपन्डोलाई सजाउन यो एसेसरिज प्रयोग गरिन्छ । कारण एसेसरिजबिना यस्तो हेयर स्टाइल अर्थात् अपन्डो खालीखाली देखिन्छ । 

 

फाइभ वेभ क्राउन

यो एउटा फरक स्टाइलको क्राउन हो । केशमा प्लेट वा पोनिटेल बनाएर वा खुल्ला छोडेर यस्तो सुन्दर एसेसरिजले केश सजाउन सकिन्छ । 

 

मेटल हेड ब्यान्ड

मेटलबाट बनेको यो एसेसरिज निधारको चारैतिर लगाइन्छ । यो एसेसरिज प्रयोग सिम्पल बनलाई सजाउन गरिन्छ । 

 

वन्दाना

यो स्टाइलको हेड ब्यान्डले अत्यन्त कुल लुक प्रदान गर्छ । त्यसैले यसलाई युवतीहरूले अत्यन्त रुचाउँछन् । 

 

क्राउन टीका

डायमण्ड वा ह्वाइट क्रिस्टलका साथ जोडिएको यो क्राउन अर्थात् निधारमा लगाइने यो टीकाले सम्पूर्ण अनुहारको सुन्दरता निखार्न विशेष भूमिका खेल्छ । यसलाई रोमान्टिक ओपन कल्र्स तथा लङ गाउनलाई सुहाउँदो गरी प्रयोग गर्न सकिन्छ । 

 

मोतीका एसेसरिज

मोती महिलाको सुन्दरतामा निखार ल्याउने भरपर्दो सहयोगी हो । सेतो मोतीले सजिएको एसेसरिज धेरै डेलिकेट र अन्यन्त एलिगेन्ट देखिन्छ । यस्तो एसेसरिजमार्फत रोयल लुक प्राप्त गर्न सकिन्छ । 

 

बो ह्यान्ड ब्यान्ड

यस प्रकारको ब्यान्डले अनुहारलाई स्टाइलिस लुक प्रदान गर्छ । केशलाई पछाडितर्फ बाँधेर यो ब्यान्डलाई अगाडि लगाइन्छ । 

 

सिन्थेटिक हेयर एक्सटेन्सन

सिन्थेटिक हेयरबाट बनेका एक्सटेन्सन प्राय: क्लिप अन फर्ममा पाइन्छ । यो रेड, ब्लन्ड, ब्लु, एलो, ब्रुनेट, ब्राउन, पिंक, पर्पल आदि सेड्समा उपलब्ध हुन्छ ।

 

हेयर एक्सटेन्सन

केशलाई अझ आकर्षक र बाक्लो बनाउने हेयर एक्सटेन्सनको चलन पनि बढ्दो छ । विवाहका दिन कलर्ड स्ट्रिक्स प्रदर्शन गर्ने चाहना भए कलर्ड एक्सटेन्सन एउटा राम्रो विकल्प हुन्छ । यसलाई प्रयोग गर्न र हटाउन सजिलो छ । क्लिप अन एक्सटेन्सन केशका साथमा राम्रोसँग मेल खान्छ । यो ठूलो र लेयर्ड जुरो बनाउन पनि सहयोगी हुन्छ । 

 

आकर्षक ब्रेड्स

ब्राइडल लुकमा आजभोलि फिस टेल, फेन्च टेल, खजुरी र र्‍याप चुल्ठो तथा जुरो चलनमा छन् । त्यसबाहेक मेसी टेक्सचर्ड हेयर लुक पनि निकै रुचाइएको पाइन्छ । 

 

लुज कल्र्स

दुलहीलाई लुज कल्र्स निकै सुहाउँछ । यसले ग्ल्यामरस लुक प्रदान गर्छ । लुज कल्र्सलाई सदाबहार मानिन्छ ।

 

केही विचारणीय कुरा

कुनै पनि मेकअप तब मात्र राम्रो हुन्छ जब त्यो सफा, स्वस्थ, सुन्दर, सुकोमल छालामा प्रयोग गरिन्छ । त्यसैले विवाहपूर्व फ्लेस स्किन केयर, नेनो क्रिस्टल फेस पोलिसिङ आदि प्रि ब्राइडल स्किन केयर ट्रिटमेन्ट आवश्यक हुन्छ । 

 

 स्क्रवको प्रयोग छालाको आवश्यकताअनुरूप विस्तारै गर्नुपर्छ अन्यथा छालाको प्राकृतिक नरमपन समाप्त हुन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>