‘प्रतिबद्ध जोडी’
वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ ।
एक अध्ययनअनुसार रातभर काम गर्नु तथा बिहान अबेरसम्म सुत्नुभन्दा समयमै सुतेर सबेरै उठ्दा क्यान्सरको जोखिम कम हुन्छ । बेलायतमा गरिएको अध्ययनका क्रममा बिहान सबेरै उठ्ने महिलामा स्तन क्यान्सरको जोखिम रातभर जागै बसेर काम गर्ने वा अबेरसम्म सुत्नेहरूको तुलनामा धेरै कम देखिएको थियो ।
अध्ययनकर्ताहरूका अनुसार बिहान सबेरै उठ्नेमा क्यान्सरको जोखिम ४० प्रतिशतले कम देखियो । सुत्ने समय र स्तन क्यान्सरको जोखिमका सम्बन्धमा केन्द्रित उक्त अध्ययन ४ लाख ९ हजारभन्दा बढी महिलामा गरिएको थियो ।
उक्त अनुसन्धानमा आवश्यकताभन्दा बढी सुत्दा पनि क्यान्सरको जोखिम बढ्ने देखिएको छ । दिनमा ७–८ घन्टा सुत्दा स्वास्थ्यका लागि पर्याप्त हुने अनुसन्धानकर्ताहरूले बताएका छन् ।