झिलिमिली तिहार
तिहारको बेला बजारमा बेग्लै रौनक देख्न सकिन्छ । रंगीबिरंगी लाइटदेखि भगवान्का मूर्ति, मैनबत्ती, फूल, सजावटका सामग्री बजारमा छ्यापछ्याप्ती हुन्छन् । यो पर्वमा थुप्रै सामग्रीको किनमेल गरिन्छ ।
एक अध्ययनअनुसार रातभर काम गर्नु तथा बिहान अबेरसम्म सुत्नुभन्दा समयमै सुतेर सबेरै उठ्दा क्यान्सरको जोखिम कम हुन्छ । बेलायतमा गरिएको अध्ययनका क्रममा बिहान सबेरै उठ्ने महिलामा स्तन क्यान्सरको जोखिम रातभर जागै बसेर काम गर्ने वा अबेरसम्म सुत्नेहरूको तुलनामा धेरै कम देखिएको थियो ।
अध्ययनकर्ताहरूका अनुसार बिहान सबेरै उठ्नेमा क्यान्सरको जोखिम ४० प्रतिशतले कम देखियो । सुत्ने समय र स्तन क्यान्सरको जोखिमका सम्बन्धमा केन्द्रित उक्त अध्ययन ४ लाख ९ हजारभन्दा बढी महिलामा गरिएको थियो ।
उक्त अनुसन्धानमा आवश्यकताभन्दा बढी सुत्दा पनि क्यान्सरको जोखिम बढ्ने देखिएको छ । दिनमा ७–८ घन्टा सुत्दा स्वास्थ्यका लागि पर्याप्त हुने अनुसन्धानकर्ताहरूले बताएका छन् ।