शनिबार राजधानीमा इलिमेन्ट्सको ब्यान्ड सांगीतिक प्रस्तुति
काठमाडौं, चलचित्र, युवापुस्ताले निकै रूचाएको ‘द इलिमेन्ट्स’ ब्यान्डले शनिबार सांगीतिक प्रस्तुति दिने भएको छ। ब्यान्डले हात्तीसारस्थित सिंक लाउन्जमा आफ्नो प्रस्तुति दिन लागेको हो।

सुरिलो स्वरसँगै सुन्दर मुहारकी धनी गायिका मल्लिका कार्की पछिल्लो समय सांगीतिक कार्यक्रममा व्यस्त रहिन् । अहिले आएर उनले दोस्रो एकल एल्बम सार्वजनिक गर्ने चाँजोपाँजो मिलाउँदैछिन् ।
अघिल्लो साता काठमाडौंमा भएको एक जम्काभेटमा मल्लिकाले एक महिनाभित्रै नयाँ एकल एल्बममार्फत दर्शक तथा श्रोतामाझ आउन लागेको बताइन् । मल्लिकाले आफ्नो नयाँ एल्बमको शीर्षक ‘मौसम’ राखेकी छिन्, जसमा सुगम संगीतमा आधारित आधा दर्जन गीत समावेश गरिनेछ, जसमा आलोकश्रीको एकल संगीत सुन्न सकिन्छ ।
हाल गीत रेकर्डिङ भन्दा विदेशका सांगीतिक कार्यक्रमहरूमा व्यस्त मल्लिका केही समयअघि मात्र युरोपमा कार्यक्रम प्रस्तुत गरेर स्वदेश फर्किएकी हुन् । त्यसअघि उनी क्यानाडामा थिइन् ।