सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
क्याम्बोडियाको नोम पेन्हस्थित कोह पिच थिएटरमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस प्लानेट इन्टरनेसनल २०२४’ को फाइनल प्रतिस्पर्धामा नेपालका तर्फबाट सहभागी अनिशा पराजुलीले ‘मिस ह्युमानिटी अवार्ड’ जित्न सफल भएकी छन् ।
पेसाले मानसिक स्वास्थ्य नर्स अनिशा हाल वीर नर्सिङ क्याम्पसमा स्नातकोत्तर अध्ययन गरिरहेकी छन् । यसअघि उनले काठमाडौंमा नेक्स्ट मोडल्स नेपालद्वारा आयोजना गरिएको नर्सिङ पेसामा समर्पित प्रतियोगिता मिस नेपाल पिसमा फस्ट रनर अप उपाधि जितेकी थिइन् । यही उपलब्धिले अनिशालाई मिस प्लानेट नेपाल २०२४ का रूपमा प्रस्तुत गरेसँगै उनले मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालको तर्फबाट सहभागी हुने अवसर प्राप्त गरेकी हुन् । त्यो प्रतियोगितामा सहभागी हुनुअघि अनिशाले संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यबाट अभिमुखीकरण तथा प्रशिक्षण प्राप्त गरेकी थिइन् ।
मिस प्लानेट इन्टरनेसनल २०२४ उपाधि विजेताको ताज भने यूएईकी माहरा लुट्फीले पहिरिइन् भने इन्डोनेसियाकी ओला लेभिनालाई एन्जल प्लानेट इन्टरनेसनल २०२४ का रूपमा चयन गरिएको थियो । मिस प्लानेट इन्टरनेसनल सौन्दर्य प्रतियोगिता संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य प्रगतिलाई अघि बढाउन समर्पित अभियान हो ।