मनोरोगलाई होल बडी चेकअपमा राख्नु जरुरी
मानसिक रोग कुनै रगत जाँच, सिटिस्क्यान तथा एक्सरेबाट देखिदैन । साधारण भावनात्मक कुराबाट बाहिर निस्किएर त्यसैबाट पत्ता लाग्छ । लक्षणका आधारमा नै यो रोग पत्ता लगाउने हो ।

म ३२ वर्षीया गृहिणी हुँ । मेरी जेठी छोरी १५ वर्षकी भइन् । विगत दुई वर्षदेखि मैले तीनमहिने सुई प्रयोग गर्दै आएकी थिएँ, तर सुईले महिनावारी रोकिएपछि मैले गत जेठमा सुई लगाइनँ । सुई छोडेको चार महिना भए पनि मेरो महिनावारी भएको छैन । अहिले आएर वाकवाक लाग्ने तथा खाना नरुच्ने भएपछि घरमै पिसाब परीक्षण गर्दा गर्भ रहेको देखियो । के यसरी महिनावारी नै नभै गर्भ रहन सक्छ ? मेरी छोरी नै ठूली भैसकिन्, अब मैले के गर्ने ?
पी.
परिवार नियोजनका लागि प्रयोग गरिने तीनमहिने सुई (संगिनी, डिपो) मा एक किसिमको हार्मोन प्रयोग गरिएको हुन्छ । नेपालमा प्रयोग गरिने अस्थायी साधनहरूमध्ये सबैभन्दा बढी दम्पतीले रुचाएको तीनमहिने सुईले महिलाहरूमा अण्डा उत्पादन हुन नदिनुका साथै शुक्रकीटलाई पाठेघरमा प्रवेश गर्नबाट रोक्ने तथा पाठेघरको भित्री तहलाई गर्भका लागि आवश्यक तयारी गर्न नदिने भएकाले यो अत्यन्त प्रभावकारी साधनका रूपमा स्थापित छ । यद्यपि तीन महिने सुई प्रयोग गरेका महिलाहरूमा सुई छाडेको ३ देखि १० महिनासम्म महिनावारी नहुन हुन सक्छ । उक्त समयमा सामान्यत: गर्भ रहदैन, तर कसै–कसैमा महिनावारी सुरु नभए पनि गर्भ रहन सक्छ ।
त्यसैले तपाईंको गर्भ रहेको हुनसक्छ । यद्यपि गर्भ रहँदैमा आत्तिनु पर्दैन । नेपालमा गर्भपतन गराउन पाइने कानुनी अधिकार भएकाले १२ हप्तासम्मको गर्भ आफूलाई पायक पर्ने स्वास्थ्य संस्था वा अस्पतालमा सूचीकृत चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श गरेर पतन गराउन सकिन्छ । तपाईंको उमेर ३२ वर्ष मात्र भएकाले गर्भपतनपछि फेरि गर्भ रहन सक्ने सम्भावना हुन्छ, त्यसैले फेरि परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ । तपाईंहरूलाई सन्तान पुगिसकेको भए स्थायी बन्ध्याकरण वा लामो समयसम्मलाई हुने साधन कपर टी वा ज्याडेल (इन्प्लान्ट) प्रयोग गर्नु उपयुक्त हुन्छ ।