रक्त अल्पता
नेपालमा धेरै बालबालिका, गर्भवती, सुत्केरी, किशोरीहरूमा रक्तअल्पता (एनिमिया) को समस्या छ । सन्तुलित र पोषकतत्वको अभावले रक्तअल्पता र कुपोषणको समस्या देखिने गरेको हो ।
क्यान्सर नसर्ने रोग हो । यो एक व्यक्तिलाई मात्र नभै समाज, देश र विश्वलाई चुनौती थपिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रति वर्ष करिब १ करोड २० लाख क्यान्सरका नयाँ बिरामी देखिन्छन् भने करिब ७५ लाख मानिसको मृत्यु हुने गरेको छ ।
यही दर कायम रहने हो भने सन् २०१५ सम्ममा करिब १ करोड ५० लाख जति नयाँ क्यान्सरका रोगी हुने संभावना छ । हाल विश्वमा फोक्सो, आमाशय, स्तन, पाठेघर तथा मुखको क्यान्सर बढी देखिएका छन् । विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत कारक तत्व क्यान्सर बनेको छ । विकसित देशमा हुने मृत्युमध्ये क्यान्सर दोस्रो स्थानमा छ भने विकासशील देशमा तेस्रो स्थानमा ।