Successfully Copied

‘जम्बोरी नाइट’का लागि छानिए सुन्दरीहरु

आउँदो २६ असोजमा राजधानीमा ‘जम्बोरी नाइट’ नामक ‘फेसन शो तथा म्युजिकल नाइट’ हुने भएको छ । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा विभिन्न डिजाइनरको क्रियटिभमा पहिरनमा मोडलहरु र्‍याम्पमा प्रस्तुत हुँदैछन् ।

ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लवमा हुने उक्त फेसन तथा म्युजिकल नाइटमा जोजोलप्पा कलेक्शनकी प्रतिमा महर्जन, मृगतृष्णा बुटिककी तृष्णा गुरुङ तथा आईआईएफटीका प्रमिला उप्रेती, सनम लामिछाने र अमृता श्रेष्ठलगायतका फेसन डिजाइनरहरुको क्रियटिभ पहिरनमा एक दर्जन मोडलहरुले र्‍याम्प नाप्ने इमेन्ट निर्देशक तथा मोडल विपना थापाले बताइन् । उनका अनुसार उक्त कार्यक्रममा विभिन्न गायक/गायिकाको प्रस्तुती समेत रहने छ ।

उक्त फेसन नाइटका लागि आइतबार राजधानीमा मोडलहरुको अडिशन लिइएको छ । सो अडिशनबाट १२ जना व्यवसायी फिमेल मोडलहरु छनोट भएका छन् । अडिशन दिन आएका ४० भन्दा बढी मोडलबाट ती मोडलहरु छनोट गरिएको आयोजकले जनाएको छ ।

 Image