Successfully Copied

अब छाउ प्रथा पाठ्यक्रममा

छाउ (महिनावारी) प्रथालाई पाठ्यपुस्तकमा समावेश गर्न पहल सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाठ्क्रममा कस्ता विषयहरुलाई समाबेश गर्ने भन्ने बारे मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर विज्ञहरुसाग सुझाव संकलन गरेको छ ।

कार्यक्रममा सहभागीहरुले अशिक्षा, गरिबी र पुरातनबादी सोचले छाउ प्रथा जस्तो कुप्रथा हट्न नसकेको बताए । सरकारले छाउ प्रथालाई पाठ्क्रममा समाबेश गर्ने कुरा अहिलेको सन्दर्भमा सान्दर्भिक रहेको बताउँदै विज्ञहरुले ती कुरालाई बढी समाबेश गर्न सुझाव दिएका छन् ।

संस्कार, व्यवस्थापन र प्याडको बारेमा पाढ्यक्रममा बढी कुरा समाबेश गर्नुपर्ने उनीहरुको सुझाव छ । छाउ प्रथा देशका ७ वटै प्रदेशमा फरक फरक तरिकाले कायम रहेको राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले बताए ।

विद्यालय जाने किशोरी महिनावारी भएको बेला विद्यालय जान नपाउदा एक वर्षमा उनीहरु २ महिना विद्यालय जानबाट बञ्चित हुनुपरेको छ । भने विद्यालय नजाने महिलाहरुले एक वर्षमा २ महिना बढी घरबाहिर बस्नुपर्ने बाध्यता रहेकाले यो प्रथाको अन्त्यका लागि पाठ्यपुस्तकमा कला, साहित्य पनि राख्नुपर्ने बताए ।

विद्यार्थीलाई अन्य भन्दा गीत, साहित्यमार्फत पढाए सजिलै बुज्न सक्ने भएकाले यस्ता कुरालाई पनि ध्यान दिनुपर्ने सहभागीको भनाइ थियो ।

 Image