Successfully Copied

विवाहित महिलाको सौन्दर्य प्रतियोगीता

ट्यालेन्ट सोमा प्रतियोगीहरुले अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकलालगायतका कला प्रदर्शनी गरी निर्णायक मण्डल, दर्शक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए । ट्यालेन्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, नृत्य निर्देशक गोविन्द राई, अभिनेत्री अरुणा कार्की र निर्देशक सुमन दाहाल निर्णायक रहेका थिए ।

विवाहित महिलाबिचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेशनल २०१८’ सिजन ४ का प्रतियोगीहरुले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन् । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागेको चाँैथो संस्करणको मिसेस नेपाल इन्टरनेशनल २०१८ अन्र्तगतको ट्यालेन्ट राउण्डमा सहभागीहरुले आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन् ।

ट्यालेन्ट सोमा प्रतियोगीहरुले अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकलालगायतका कला प्रदर्शनी गरी निर्णायक मण्डल, दर्शक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए । ट्यालेन्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, नृत्य निर्देशक गोविन्द राई, अभिनेत्री अरुणा कार्की र निर्देशक सुमन दाहाल निर्णायक रहेका थिए ।

विभिन्न पेसामा आबद्व तथा गृहिणीका रुपमा रहँदै आएका विवाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पुर्‍याउन यो प्रतियोगिता गर्न लागिएको इभेन्ट निर्देशक निशुकान्त झाले बताए । उनका अनुसार यस वर्षको बिजेताले सिंगापुरमा आयोजना हुने मिसेस इनटरनेसनल २०१८ मा भाग लिन पाउने छिन् भने पुरस्कार स्वरुपस्कुटर पाउने छिन् ।

अश्विनी झाको कोरियाग्राफी र कार्यक्रम सञ्चालन तथा रेनु सेन्चुरी र सम्राट शाहको संयोजनमा प्रतियोगिता सम्पन्न हुने छ ।

 Image