गर्मीमा कस्तो पहिरन लगाउने ?
गर्मीको समयमा फिटिङ लुगा लगाउनु हुँदैन । लुज पहिरनले सुहाउँदो र ट्रेन्डी देखिन्छ । गर्मीमा ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर शीतलता प्रदान गर्छ ।

- चोखो, सफा तथा सजिलो पहिरन लगाउनुपर्छ । भजन, पूजा, जप आदि गर्दा पहिरनमै ध्यान गएर एकाग्रता भङ्ग हुने खालका पहिरन लगाउनु हुँदैन ।
- धेरै महँगो वा अरूको ध्यान आफूतिर तान्ने भड्किलो पहिरन लगाउनुहुँदैन ।
- मौसमअनुसार हल्का, न्यानो तथा सुहाउँदो ढंगले शरीर छोप्ने पहिरन लगाउनुपर्छ । अनावश्यक रूपमा पहिरन प्रदर्शन गर्नुहुँदैन ।
- कम खर्चमा पनि राम्रो एवं सजिलो पहिरन लगाए सुन्दर देखिन सकिन्छ ।
- पर्वअनुसार पहिरनको रंग चयन गर्नुपर्छ भने हल्का गहना लगाउन सकिन्छ । सेमी प्रिसियस अथवा नक्कली गहना लगाएर भीडमा जाँदा सुरक्षित भइन्छ ।
- भीडभाड अर्थात् मेलापातमा सहभागी हुँदा महँगा गहना लगाउनुहुँदैन ।
- तीजका बेला धेरै लामो वा छोटो पहिरन लगाउनुहुँदैन । रातो, गुलाबी, सुन्तला तथा कलेजी तीजमा प्रयोग हुने रंग हुन् ।