कुसुम बनिन् : मिस साउथ इस्ट एसिया नोबल
इन्डोनेसियाको लमबोक टापुमा आयोजना भएको मिस सुप्राग्लोबल २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी कुसुम कुँवर महत्वपूर्ण उपाधि जित्न सफल भएकी छिन् ।
हिन्दू नेपाली नारीहरूको महान् पर्व तीजको आगमनसँगै पूर्वेली लोकगायिकाहरू तीजको गीत रेकर्डिङ तथा म्युजिक भिडियो छायांकनमा जुटेका छन् । विशेषगरी पूर्वमा चर्चा कमाएका गायिकाहरू अञ्जु गौतम, यमुना पराजुली, चन्दा खड्का एवं गंगा गौतमलाई तीजले छपक्कै छोएको छ । उनीहरू यतिबेला पूर्वका विभिन्न स्थानमा तीज गीतको म्युजिक भिडियो छायांकन सकेर तीजको प्रतीक्षामा छन् ।
विगत एक दशकदेखि इटहरीमा लोकगीत–संगीतमा क्रियाशील गायिका अञ्जु गौतमले यो वर्षको तीजमा ‘स्वयंवरको रातो साडी लगाउ छपक्कै’ गीत तथा भिडियो तयार पारेकी छिन् । गायिका यमुना पराजुली पनि तीज गीत रेकर्डिङमा जुटेकी छिन् । उनले यो वर्षको तीजमा कलियुगकी देबीलाई सजाएझैँ भा’की छु गीत रेकर्ड गराइसकेकी छिन् ।
विगत केही वर्षयता तीजका गीत सार्वजनिक गर्दै आएकी चन्दा खड्काले यो वर्षको तीजमा घिनघिन मादल घन्काउँदै गीत बजारमा ल्याउने तयारीमा छिन् । लोकदोहोरी गायिका गंगा गौतम राजकुमार बगरको शब्द तथा संगीतमा बरिलै गीत बजारमा ल्याउने तयारीमा छिन् । यस पटकको तीज गीतमा आफूले महिलाहरूले भोग्नुपर्ने पीडा–बेदना प्रस्ट्याउन खोजेको गौतम बताउँछिन् ।