Successfully Copied

मिस युनिभर्स नेपालका अन्तिम प्रतिस्पर्धीहरूबिच प्रश्नोतर सम्पन्न

एसियन पेन्ट्स मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ प्रतिस्पर्धीहरू बिच प्रश्नोतर कार्यक्रम सम्पन्न भयो ।


एसियन पेन्ट्स मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ प्रतिस्पर्धीहरू बिच प्रश्नोतर कार्यक्रम सम्पन्न भयो । काठमाडौंंस्थित दुषित प्रिन्सेसमा आयोजित एक समारोहमा प्रतिस्पर्धीहरूलाई जजहरूले प्रश्नोतर गरेका थिए ।
प्रारम्भिक प्रश्नोत्तर सेसनमा जजका रूपमा आरोही रविराज उपल मजुमदार, सन इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा नेपाल इक्वेस्ट्रियन एसोसिएसनका अध्यक्ष रविराज कर्णिकर, नेपाल टेलिकम प्रमुख वाणिज्य अधिकृत संगीता पहाडी, मेराकी नेपालका संस्थापक निर्देशक, आयुषा कार्की श्रेष्ठ, नेपाल पर्यटन बोर्ड वरिष्ठ निर्देशक नन्दिनी थापा, नारी मासिककी सम्पादक उपासना घिमिरे, कान्तिपुर टेलिभिजनकी समाचारवाचिका श्री पाण्डे र अभिनेता तथा मिस युनिभर्स नेपाल २०२३ का अफिसियल कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका थिए ।
उनीहरूले प्रतिस्पर्धीहरूलाई मिस युनिभर्सको प्ल्यायाटफर्मलाई कसरी लिएको र समाज परिवर्तन सँगसँगै सामाजिक, राजनीतिक तथा आर्थिक विषयमा प्रश्नोतर गरेका थिए ।
उक्त प्रश्नोतर सेसनबाट प्राप्त प्राप्ताङ्क र भोटिङ मार्फत प्रतिस्पर्धीहरूले पाएको स्कोरका आधारमा फिनालेमा उत्कृष्ट १० जना प्रतिस्पर्धीहरू सार्वजनिक गरिने र २२ जना प्रतिस्पर्धीबाट एक जना विजेता घोषणा गरिने उमंग क्रियसनका डाइरेक्टर उद्धव अधिकारीले बताए । प्रशान्त ताम्राकारको कोरियोग्राफी तथा कन्सेप्टले नै मिस युनिभर्स नेपाललाई प्रतिष्ठित ब्युटि सो का रूपमा स्थापित गरेको अधिकारीले बताए । उनका अनुसार यो सेसन मिस युनिभर्सको फर्म्याट अनुसार नै अगाडि बढाइएको जानकारी पनि दिए ।


एसियन पेन्ट मिस युनिभर्सको अन्तिम २२ जना प्रतिस्पर्धीका रूपमा प्राप्ति खड्का, सबिना चौधरी, चनेल श्रेष्ठ, प्रेमा लामगडे, डा. पूजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा वानियाँ, बुद्धसार सुनार, पूजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहेका छन् ।
एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को फाइनल भदौँ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुँँदैछ । २२ जना अन्तिम प्रतिस्पर्धीहरू मध्येबाट विजेताले आगामी नोभम्बरमा एलसाल्वा डोरमा हुने मिस युनिभर्समा नेपाललाई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् ।

 Image