Successfully Copied

‘मिस ग्रान्ड नेपाल’ भदौमा

सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल–२०२४’ आगामी भदौमा आयोजना हुने भएको छ । विजेताले ‘मिस ग्रान्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशमा भाग लिन पाउनेछन् ।


सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल–२०२४’ आगामी भदौमा आयोजना हुने भएको छ । विजेताले ‘मिस ग्रान्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशमा भाग लिन पाउनेछन् । पाँच वर्षदेखि मिस युनिभर्स नामक सौन्दर्य प्रतियोगिता गर्दै आएको उमङ्ग क्रिएसनले थाइल्यान्डको फ्रेन्चाइज ‘मिस ग्रान्ड’ नेपालमा पहिलो पटक गर्न लागेको हो । प्रतियोगिताको नारा ‘ब्रेभ, बोल्ड, ब्युटिफुल’ रहेको छ ।
प्रतियोगिताका लागि १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले असार ३१ भित्र आवेदन दिन सक्ने आयोजकको भनाइ छ । आवेदकको उचाइ कम्तीमा पाँच फिट तीन इन्च हुनुपर्नेछ । प्रतियोगिताको ग्रान्ड फिनाले भदौ ११ मा हुनेछ । विजेताले नेपालकै सबैभन्दा महँगो ताज पहिरिने अवसर पाउने क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारी बताउँछन् । नेपाली मोडलिङ र चलचित्र क्षेत्रमा विशिष्ट स्थान बनाएका प्रशान्त ताम्राकार प्रतियोगिताको कोरियोग्राफरका रूपमा रहनेछन् भने अपाला ज्वेलर्स र ब्युटी बारले प्रतियोगितामा सहकार्य गर्नेछन् । ‘युद्ध र हिंसा रोकौं’ थिममा आधारित भएर विश्वशान्तिका लागि प्रतियोगिता गर्न लागिएको अधिकारीले बताए ।

 Image