Successfully Copied

विद्यालय छनोट गर्दा

हरेक बालबालिकामा फरक खुबी र क्षमता हुन्छ । कसैमा लेख्ने–पढ्ने त कसैमा चित्रकला, संगीत, नृत्य आदि विविध खुबी हुन्छन् । यी सबै कला प्रस्फुटनमा उत्प्रेरित गर्ने विद्यालय बालबालिकाका लागि उत्तम ठहरिन्छन् ।

–आफ्ना बालबालिकालाई कुन स्कुल पठाउने प्राय: आमाबुवाका लागि ठूलो चिन्ताको विषय हो ।

–नयाँ भर्नाको मौसम भएकाले बालबालिकाका लागि स्कुल छनोट अहिले प्राथमिक विषय भएको छ ।

–बालबालिकाका लागि विद्यालय छनोट गर्दा सर्वप्रथम दूरीको ख्याल राख्नुपर्छ । साना बालबालिकाहरूलाई लामो दूरीमा भरसक पठाउनु हँुदैन ।

–स्कुल छान्दा अध्ययन–अध्यापनका साथै खानपान एवं अतिरिक्त क्रियाकलापमा केन्द्रित रहनुपर्छ ।

–हरेक बालबालिकामा फरक खुबी र क्षमता हुन्छ । कसैमा लेख्ने–पढ्ने त कसैमा चित्रकला, संगीत, नृत्य आदि विविध खुबी हुन्छन् । यी सबै कला प्रस्फुटनमा उत्प्रेरित गर्ने विद्यालय बालबालिकाका लागि उत्तम ठहरिन्छन् ।

–अहिले विद्यार्थीहरूलाई प्राय: विद्यालयमै खाना ख्वाइन्छ । यसो हुने हुँदा ओपन डोर किचन सिस्टम, हेल्दी र हाइजिन विद्यालय रोज्नुपर्छ ।

–स्कुल छनोट गर्दा आफ्ना बालबालिकाको रुचि बुझिदिनु पनि जरुरी हुन्छ ।

 Image