Successfully Copied

योङ अचिभर लक्ष्मी

स्कुल–कलेज जाँदा रहरै रहरमा साइकल चलाउन थालेकी लक्ष्मी उतिबेला स–साना साइकल रेसमा भाग लिन्थिन् र त्यसमा जब उनले पुरुषहरूलाई उछिन्थिन् अनि उनमा साहस थपिन्थ्यो । हाल यसैलाई पेसा बनाउन प्रयासरत लक्ष्मी सरकारले समग्र युवालाई क्षमताअनुसार कार्य विभाजन गरी जिम्मेवारी सुम्पिएको खण्डमा युवा बेरोजगारी

लक्ष्मी मगर

साइकिलिस्ट एथलेट

साइकल चलाउन कठिन स्थान नुवाकोटकी लक्ष्मी मगर विश्वकै टप–५ जटिल याक अट्याक साइकिल रेस शीर्षकको अन्तर्राष्ट्रिय स्पर्धामा प्रथम भइन् जुन हाई अल्टिच्युट र अत्यन्तै कठिन रेस मानिन्छ । भर्खरै उनी श्रीलंकाको रम्बल इन द जंगल नामक चार दिने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरी नेपाल फर्किएकी छिन् । महिला–पुरुष गरी ४० जना सहभागी भएको उक्त प्रतिस्पर्धामा जंगलभित्रका अप्ठ्यारा बाटा, गोरेटा, खोल्साखोल्सी तथा रक माउन्टेनमा साइकिलिङ गर्नुपरेको थियो । माउन्टेन बाइक ट्ेरकिङ गाइड तथा पौडीकी सहायक प्रशिक्षक लक्ष्मी फाइन आर्टमा स्नातकोत्तरकी विद्यार्थी हुन् । उनी सुन्दर चित्र कोर्छिन् । सन् २०१५ मा भारतमा भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तेस्रो भएपछि उनले भूकम्प प्रभावितहरूका लागि च्यारिटी प्रदान गरेकी थिइन् । सन् २०१५ मा लद्धाखमा भएको हाइअल्टिच्युट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि उनले प्रथम स्थान हासिल गरिन् ।

 स्कुल–कलेज जाँदा रहरै रहरमा साइकल चलाउन थालेकी लक्ष्मी उतिबेला स–साना साइकल रेसमा भाग लिन्थिन् र त्यसमा जब उनले पुरुषहरूलाई उछिन्थिन् अनि उनमा साहस थपिन्थ्यो । हाल यसैलाई पेसा बनाउन प्रयासरत लक्ष्मी सरकारले समग्र युवालाई क्षमताअनुसार कार्य विभाजन गरी जिम्मेवारी सुम्पिएको खण्डमा युवा बेरोजगारी घट्ने तथा युवाहरू बिदेसिनबाट रोकिने तर्क गर्छिन् । लक्ष्मी भन्छिन्–आधुनिक प्रविधिसँग खेलेका, बलियो तालिम लिएका सयौं विदेशीलाई स्पर्धामा जितेकी छु जसले नेपालको नाम उँचो बनाएको छ । सरकारले तालिम आदि प्रदान गरेर क्षमता अभिवृद्धि गरिदिए अनि सोहीअनुसार काम दिए मजस्ता हजारौं युवा जन्मिन्थे जुन राष्ट्रका लागि गौरव साबित हुनसक्छ ।

जीवनयापनमा जटिलता आउन थालेपछि हिमालयन एक्सन ट्ेरक्स एण्ड टुर्स सुरु गरेकी लक्ष्मी यो महँगो खेल भएकाले यसमा पूर्व तयारीका साथ प्रवेश गर्नुपर्ने बताउँछिन् । उनका अनुसार यसका लागि चाहिने उपकरण तथा तिनको मर्मत–सम्भार खर्चिलो छ ।

नेपाल चिनाएको क्षण

जब म महिला–पुरुष गरी ४० जना सहभागी रहेको प्रतिस्पर्धामा थिएँ त्यतिबेला फ्रान्स, अस्ट्ेरलिया, जर्मन, श्रीलंका आदि थुप्रै विकसित मुलुकका उच्च तालिम प्राप्त स्पर्धी पनि सँगै थिए । मनभित्र चिसो पसिसकेको थियो । म न त टेक्निकल्ली दक्ष थिएँ न आधिकारिक तालिम नै लिएकी थिएँ । त्यति बेला जंगलभित्रका अप्ठ्यारा बाटा, गोरेटा, खोल्साखोल्सी र रक माउन्टेनमा साइकिलिङ गर्नुपर्ने थियो । त्यतिबेला मलाई अन्य कुराभन्दा पनि नेपालको सम्झना र आफूभित्रको आँटले जितायो । त्यतिबेला मैले नेपालका सम्बन्धमा बोलेकी पनि थिएँ कतिले त नेपाल कहाँ पर्छ भनेर पनि सोधे । अर्को गर्व गर्न लायक क्षण विश्वकै टप–५ मा पर्ने कठिन रेस, याक अट्याक साइकिल रेस जुन हाइअल्टिच्युट र अत्यन्तै जोखिमपूर्ण मानिन्छ त्यसमा प्रथम हुँदा हो ।

 Image