Successfully Copied

२०७९ साल कात्तिक महिनाको राशिफल

मेष कुनै काम विशेषले कतैको यात्रा हुनसक्छ । पारिवारिक घुमघाम हुने सम्भावना पनि छ । पेटका बिरामीहरूले आफ्नो खानपानमा ध्यान दिनुपर्ने बेला छ ।

मेष

कुनै काम विशेषले कतैको यात्रा हुनसक्छ । पारिवारिक घुमघाम हुने सम्भावना पनि छ । पेटका बिरामीहरूले आफ्नो खानपानमा ध्यान दिनुपर्ने बेला छ । आकस्मिक विवाद हुनसक्ने भएकाले आफूलाई चित्त नबुझेको र झर्को लागेको बेलामा आफ्नो बोलीमा लगाम लगाउनु नै उचित हुनेछ । कसैबाट कुनै कुराको आशा नगरी आफ्नो काम आफैं गर्नु नै तपाईंका लागि लाभप्रद रहनेछ । दाम्पत्य जीवनमा भने अपेक्षित समझदारी कायमै रहनेछ । 

वृष

मनमा भएको तनाव हट्न जाँदा काम गर्ने जाँगर बढ्नेछ । सबै काम आफू अनुकूल गर्न पाउँदा मनमा हर्ष बढ्नेछ । पारिवारिक एवं इष्टमित्ररूसितको सम्बन्धमा प्रगाढता आउनेछ । आत्मीय व्यक्तिहरूसित राम्ररी खुलेर सुखदुःखका भावना आदानप्रदान गर्ने मौका मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । व्यक्तिगत कामका लागि पनि समय निस्कनेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछन् । आफ्नो कार्यक्षेत्रमा उन्नति प्राप्त गर्ने अवसर मिल्नेछ । 

मिथुन

कुनै विशेष कार्यमा सफलता मिल्नेछ । पारिवारिक मिलन हुनेछ । मित्रवर्गबाट अपेक्षित सहयोग पाइनेछ । सन्तान सुख मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । आर्थिक पक्ष सुदृढ हुनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । नयाँ साथीहरूसित मित्रता गाँस्ने अवसर मिल्नेछ । कुरा काट्नेहरू आफैं लाजले तर्किनेछन् । प्रतिस्पर्धात्मक कार्यमा पनि सफल भइएला । मान्यजन एवं गुरुहरूसित पनि भेटघाट गर्ने मौका मिल्नेछ । 

कर्कट

विभिन्न कुराले गर्दा मनमा उत्साह बढ्नेछ । आफ्नो आत्मसम्मानको ख्याल गर्दै काम गर्ने प्रयास गरिनेछ । प्रायः सबै कार्य तपाईंकै प्रभुत्व र अनुकूलतालाई ख्याल गरेर नै हुनेछन् । साथीहरूसित भेटघाट गर्ने मौका जुट्नेछ । मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । घरमा कुनै सरसामग्रीमा हेरफेर हुनेछ । कहिलेकाहीँ काम गर्दागर्दै अनाहकमा अपजस आउने सम्भावना छ । सकेसम्म बोली र व्यवहारमा आफ्नो विनम्रता प्रदर्शन गर्नु नै राम्रो हुनेछ । 

सिंह

कुनै विशेष कार्यमा सफलता मिल्नेछ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । मनमा रहेको तनाव हट्न जाँदा मुहारमा खुसी छाउनेछ । कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । आर्थिक पक्ष सुदृढ हुनुका साथै व्यक्तिगत खुसीका लागि केही खर्च हुनेछ । विभिन्न कुराको लाभ हुनेछ । तपाईंको इच्छा एवं मानको ख्याल गरेर काम गर्ने प्रयास हुनेछ । योजनानुसार सबै कार्य सम्पन्न गर्न पाउँदा मन खुसी हुनेछ । व्यावसायिक क्षेत्रबाट राम्रो सफलता प्राप्त हुनेछ ।     

कन्या

पारिवारिक खुसीका निमित्त कुनै कुरामा सम्झौता गर्नुपर्ने हुनसक्छ । सहयोगी हातहरू पछि हट्न सक्ने हुँदा काम गर्दा कसैको आशा नगर्नु नै राम्रो हुन्छ । कामको प्राथमिकता हेरी समय मिलाउँदै काम गर्न सके आफैलाई सहज हुनेछ । टाउको एवं आँखा दुख्ने योग भएकाले झिना–मसिना एवं तनाव दिने खालका कामहरूबाट टाढै रहनुहोला । आफूलाई तरोताजा राख्नका लागि आफ्नो रुचि, स्वास्थ्य र खानपानमा केही समय छुट्याउन सके मनमा फुर्ती बढ्नेछ । 

तुला

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । आफ्नो इच्छानुसार समय बिताउने मौका मिल्नेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । कुनै कुराको जिम्मेवारी आइलाग्न सक्छ । सानातिना कामका लागि पनि आफैं खटिनुपर्दा धपेडी हुनसक्छ । समय र कामको तालमेल मिलाएर काम गर्न सकेमा काम सहज हुँदै जानेछन् । कामका साथसाथै आफ्नो स्वास्थ्य र खानपानमा पनि सजग रहनुपर्ने बेला छ । सहयोगी मनहरू अनायासै काम गर्दागर्दै पछि हट्न सक्छन् । 

वृश्चिक

महिनाको सुरुवात राम्रै देखिए पनि पछिल्ला दिनहरू त्यति अनुकूल छैनन् । काम गर्दा अपजस, विवादजस्ता कुरा आइलाग्न सक्छन् । सकेसम्म आफूलाई धैर्य, शान्त र सहनशील राख्ने प्रयास गर्नुहोला । दाम्पत्य जीवनमा पनि एक–अर्कालाई चित्त नबुझेको कुरा सीधै नभनेर राम्ररी बुझ्नेगरी भनेमा सम्भावित विवाद टर्नसक्छ । सोचेअनुसार काममा सफलता पाउन अलिक बढी मेहनतत गर्नुपर्नेछ । नकारात्मक कुराबाट परै रही सकारात्मक सोचका साथ अघि बढे काममा सफल भइनेछ । 

धनु

कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । इच्छानुसार सबै कार्य सोचेअनुरूप पूरा हुँदै जानेछन् । कतै नयाँ ठाउँमा घुमघाम गर्न जाने मौका मिल्नसक्छ । धार्मिक कार्यप्रति अभिरुचि बढ्नेछ । कतैबाट कुनै कुराका लागि सम्मान–अभिनन्दन प्राप्त गर्ने संयोग जुर्न सक्छ । माइतीपक्षसित रमाइलो भेटघाट हुनेछ । दाम्पत्य जीवन सोचेझैं सुखमय हुनेछ । सन्तानबाट पनि सुख एवं सन्तोष मिल्नेछ । मनमा भएको तनाव हट्न जाँदा काम गर्ने उत्साह बढ्नेछ । 

मकर

गरेको काममा अपेक्षित सफलता मिल्नेछ । रोकिएका कामहरू पनि क्रमशः पूरा हुँदै जानेछन् । कतैबाट कुनै कुराको लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । माइतीपक्षसित भेटघाट हुनेछ । कुनै खास कुराका लागि किनमेल हुनेछ । राम्रैसँग कुराकानी गर्दा पनि अपजस आउन सक्छ । तसर्थ कसैसित पनि कुराकानी गर्दा ठट्टा नगर्नु नै उपयुक्त हुनेछ । कसैको आशा नगरी आफ्नो काम आफै गर्नु उत्तम हुनेछ । 

कुम्भ

धार्मिक कार्यमा अभिरुचि बढ्नेछ । कुनै धार्मिक एवं पर्यटकीय क्षेत्रमा घुमघाम गर्ने मौका मिल्नसक्छ । कतैबाट कुनै कुराको लाभ हुनेछ । पारिवारिक सुख मिल्नेछ । माइतीपक्षसित राम्रो समय बिताउने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा राम्ररी विचार गर्नुपर्ने देखिन्छ । स्वास्थ्य र खानपानको राम्रो ख्याल गर्नुपर्ने बेला छ । काम गर्दा आकस्मिक बाधा आइलाग्नसक्ने भएकाले निकै सतर्क रही वैकल्पिक बाटाहरू पनि सोच्दै काम गर्दा सजिलो हुनेछ । 

मीन

सोचेअनुरूप काम सम्पन्न हुँदै जानेछन् । पारिवारिक वातावरण सुखमय रहनेछ । माइतीसित रमाइलो भेटघाट हुनेछ । विभिन्न कुराको लाभ हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । कसैकसैलाई सन्तान लाभ हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । सबै कुरा भनेजस्तै हुँदा पनि मनमा कताकता कुनै कुराले तनाव हुँदा आफ्नो जोडीसित खटपट पर्नसक्छ । शान्तरूपले एक–अर्काको भावनालाई राम्ररी बुझेर व्यवहार गर्न सके दाम्पत्य जीवन सुमधुर रहनेछ । 

 Image