महिला बचतप्रति सजग भएका छन्
पछिल्लो समय नारीहरू आत्मनिर्भर हुँदै गएका छन् । बचत गर्नेप्रति उनीहरू सजग भएका छन् । आत्मनिर्भर भई आफैंले कमाएर बचत गरौं भन्ने सोचको विकास उनीहरूमा भइसकेको छ ।
जीवनमा अघि बढ्न अत्यन्त दूरगामी योजना बनाउनु वा ठूलो लक्ष्य निर्धारण गर्नुको साटो प्रतिदिन स–साना लक्ष्य निर्धारित गरी तिनलाई पूरा गर्ने प्रयास गर्नुपर्छ ।
पहिले आत्ममूल्यांकन गर्नुपर्छ
यदि आफ्नो पढाइ वा करियरलाई लिएर कुनै ठूलो योजना बनाउँदै हुनुहुन्छ भने पहिले इमान्दारिताका साथ आफ्नो क्षमता एवं रुचि आँकलन गर्नुपर्छ, जसले गर्दा आफूलाई कुन क्षेत्र मन पर्छ र कुन काममा बढी रुचि छ भन्ने थाहा हुन्छ । आफ्नो रुचि र क्षमताको पहिचान गरेपछि सचेत ढंगबाट कुनै विशेष दिशातर्फ पाइला सार्नुपर्छ । उदाहरणका लागि यदि आफ्नो रुचि रचनात्मक कार्यमा छ भने स्पष्ट रूपमा के तय गर्नुपर्छ भने तपार्इं कुन क्षेत्रमा काम गर्न मन पराउनुहुन्छ । यदि तपाईंलाई ड्रइङ र पेन्टिङ मन पर्छ भने आफूलाई त्यही क्षेत्रमा फोकस गर्नुपर्छ । आफने रुचि भएको प्रोफेसनल कोर्सका बारेमा जानकारी प्राप्त गरी त्यहाँ एडमिसन लिने दिशामा अग्रसर हुनुपर्छ । यद्यपि त्यसका लागि संस्था छनोट गर्दा अनुभवी व्यक्ति वा करियर काउन्सिलरको सल्लाह लिनु उपयुक्त हुन्छ ।
सर्टकट खोज्नु राम्रो होइन
कडा मेहनतको विकल्प हुँदैन । प्रोफेसनल कोर्सबाट सीप मात्र सिक्न सकिन्छ उक्त क्षेत्रमा अघि बढ्ने सम्भावना स्वयं आफैले खोज्नुपर्छ । त्यसैले उक्त कोर्स गर्नेबित्तिकै एक्सपर्ट भइन्छ भन्ने सोच राख्नु गलत हुन्छ । कुनै काममा सफलता प्राप्त गर्न पर्याप्त मेहनत तथा धैर्यको आवश्यकता हुन्छ । यस्तो तब मात्र सम्भव हुन्छ जब तपार्इंमा उक्त क्षेत्रप्रति भित्री ह्दयदेखि नै रुचि हुन्छ ।
पियर प्रेसरबाट जोगिनुपर्छ
कतिपय विद्यार्थी सोच–विचार नगरी आफ्ना साथीभाइको कुराबाट प्रभावित भएर त्यही कोर्सतर्फ आकर्षित हुन्छन्, जहाँ सबैजान चाहन्छन् । यद्यपि उनीहरू त्यहाँ केही दिनमै बोर हुन थाल्छन् र अर्को कुनै कोर्सतर्फ जान चाहन्छन् । यसो गर्दा समय, सम्पत्ति एवं शक्ति बर्बाद हुन्छ । त्यसैले साथीभाइको दबाबमा होइन आफ्नो रुचिको करियरमा अघि बढ्नु उपयुक्त हुन्छ । करियरका बारेमा निर्णय गर्दा आफ्नो पढाइ, रुचि, क्षमता, सीपका साथै उक्त क्षेत्रमा आफ्नो जानकारी, सम्भावना, चुनौती आदिका बारेमा राम्रोसँग मूल्यांकन गर्नु महत्वपूर्ण हुन्छ ।