सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।
स्कूलमा अध्ययनरत छात्राहरुमा केन्द्रित प्रतियोगिता ‘अक्षरा जुनियर स्कूल प्रिन्सेस् २०१८’ को फाइनल प्रतिस्पर्धामा आ आफ्नो उमेर समूह अनुसार सूमह ए बाट परिना श्रेष्ठ, समूह बीबाट ईशा थापा मगर तथा समूह सीबाट ईभा गिरीले प्रतियोगिताको शीर्ष उपाधि ताज पहिरिन सफल भएका छन् ।
गत साता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न प्रतियोगितामा पुणिका श्री वस्नेत, शुभेच्छा श्रेष्ठ र रिया गौतम उमेर समूह अनुसार फस्ट रनर अप तथा समृद्धि सञ्जेल, सामिया थापा र सिम्रन तुलाधर सेकेन्ड रनर अप घोषणा गरिएका थिए ।
सिजन मिडिया प्रा.लि.को आयोजनामा संचालन भएको सातौँ संस्करणको यो प्रतियोगितामा ७४ जना सहभागिहरु प्रतिस्पर्धाको मैदान देखिएका थिए ।