Successfully Copied

पलसँग धेरै कुरा मिल्दैन

घरमै बाबामामु, दाइभाउजूहरूसँग बिताउँछु । हामी सकभर डिनर सँगै गर्छौं र लुडो पनि दैनिकजसो नै खेल्छौं । शनिबार बिहानदेखि बेलुकासम्मै घरमै परिवारसँग बस्न रुचाउँछु । धेरैले मलाई पारिवारिक केटी भन्छन् ।

शत्रु गतेको अनुभव कस्तो रह्यो ?

 सबैले रुचाएको मह टिमसँग काम गर्ने पाउनु नै ठूलो कुरा हो त्यसमा पनि आफू जन्मनुअघिदेखि नै पर्दामा जमेका कलाकारहरूसँग काम गर्दा आफ्नो काम कस्तो होला भन्ने डर थियो तर टिमले मेरो डर मात्र हटाएन, कन्फिडेन्टसम्म बढाइदियो । यो टिमले मलाई भविष्यमा कसरी टिक्ने, आफूलाई कसरी मेन्टेन गर्ने, चार्म कसरी कायम राख्नेजस्ता कुरासमेत सिकायो ।

 

काम गर्दा सबैभन्दा सजिलो र रमाइलो कोसँग लाग्यो ?

पलजीबाहेक हरिबासँग निकै रमाइलो हुनुका साथै सहज अनुभव भयो ।

भविष्यको योजना के छ ?

थुप्रै चलचित्रबाट प्रस्ताव आइरहेको छ । यद्यपि राम्रो ब्यानर र कथामा मात्र काम गर्ने सोच छ । म सुपरस्टार हुन यो क्षेत्रमा आएकी होइन । निरन्तरता दिने सोच छ तर प्रस्ताव आएजति सबैमा काम गर्दिन । मेरो प्राथमिकता अध्ययन भएकाले पढाइ पूरा भएपछि मात्र पूर्णरूपले यो क्षेत्रमा लाग्ने योजना छ ।

चलचित्र क्षेत्रका आइडियल पर्सनको हुन् ?

हरि बा र मदन बा नै हुन् ।

मन परेका नायक–नायिका ?

प्रियंका कार्कीको कामप्रतिको डेडिकेसन तथा कडा परिश्रमबाट प्रभावित छु भने पल शाहको कडा परिश्रम एवं निर्देशन, क्यामेरा फ्रेमिङ, लोकेसन आदि सबै विषयमा राम्रोसँग बुझ्ने क्षमता मन पर्छ । म उनको सुटिङका बेला प्राविधिकहरूले प्रयोग गर्ने ट्रलीसमेत बोकेर घुलमिल हुने बानीबाट प्रभावित छु । म पनि उहाँहरू जस्तै हम्बल हुन चाहन्छु ।

सबैभन्दा मनपर्ने व्यक्ति पनि पल शाह नै हुन् कि क्या हो ?

मन पर्छ तर मन पर्छ भन्दैमा अफेयरचाहिँ होइन । थुप्रै दर्शकले हाम्रो जोडीलाई रुचाउनुभएको छ । चलचित्रको स्क्रिनमा हाम्रो जोडी मिले पनि हामीबीच धेरै कुरा मिल्दैन । उमेर नै ८ वर्ष फरक छ ।

मन मिले त उमेरले के छेक्छ र ?

म चकचक गर्नुपर्ने, उहाँ सिरियस । हामी विवाहकै जोडीचाहिँ हुँदैनौं तर दर्शकले रुचाएसम्म स्क्रिनमा भने सँगै हुनेछौं ।

आफू कस्ती छु जस्तो लाग्छ ?

सबैलाई माया गर्छु । हत्तपत्त कुनै कुराले रिस उठ्दैन तर कसैले मन नराम्रोसँग दुखाएको छ भने जीवनभर उसँग सम्बन्ध राख्दिन ।

महिलाहरूको मन नपर्ने बानी ?

मेकअप धेरै गर्ने र बारम्बार ऐना हेरेर मेकअप मिलाइरहने बानी पटक्कै मन पर्दैन ।

के–कस्ता कुरामा रुचि छ ?

नृत्य तथा साथीहरूसँगको घुमफिर ।

फुर्सदको समय के गरेर बिताउनुहुन्छ ?

घरमै बाबामामु, दाइभाउजूहरूसँग बिताउँछु । हामी सकभर डिनर सँगै गर्छौं र लुडो पनि दैनिकजसो नै खेल्छौं । शनिबार बिहानदेखि बेलुकासम्मै घरमै परिवारसँग बस्न रुचाउँछु । धेरैले मलाई पारिवारिक केटी भन्छन् ।

 Image