३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।
नारीले ११ महिनाअघि अन्नपूर्ण होटलकोस्वीमिङ पुल छेउ मिस वल्र्ड नेपाल, मिस अर्थ नेपाल, मिस इन्टरनेसनल नेपाल तथा मिस एसिया प्यासिफिक नेपाल–२०१७ का विजयीहरू निकिता चण्डक, रोजिना श्रेष्ठ, नीति शाह एवं साहारा बस्नेतको फोटोसुट गराउनुका साथै अन्तर्वार्तासमेत लिएको थियो ।
मिस नेपाल घोषणा भएको २–३ दिनपछि नै भेट भएका ती चारै उपाधि विजेतामा एक प्रकारको उत्साह, जोस र तेज देखिन्थ्यो । यसपटक मिस नेपालका तिनै विजयीहरूलाई नारीको वैशाख महिनाको आवरणका लागि सोही स्थानमा भेट्दा सुरुका दिनमा जे–जस्तो उत्साह, जोस तथा तेज थियो त्यसमा कुनै कमी देखिएन । पहिलेजस्तै यी प्रतिभाशाली युवतीहरू सँगै आए र मेकअप गराउँदा–गराउँदै आ–आफ्ना अनुभव सुनाए ।
मारवाडी समुदायबाट पहिलो पल्ट मिस नेपाल हुने सौभाग्य प्राप्त भएकोमा निकिता आफूलाई भाग्यमानी मान्छिन् । मिस नेपाल भएपछि एक्लै काठमाडौंमा बसेर आफ्नो जिम्मेवारी पूरा गर्दै आएकी निकिताले मिस नेपालको एक वर्षको अवधि एकदमै कम भएको अनुभव सुनाइन् । रातारात सेलिब्रेटी हुँदा जति रमाइलो भयो त्यति नै जिम्मेवारी निभाउन कठिन भएको उनले बताइन् ।
निकिताले आफ्नो एक वर्षे कार्यकालमा सामाजिक कार्यहरूका साथै सचेतनाका अभियानहरूमा सहभागिता जनाइन् । निकिता अब सामाजिक कार्यसँगै अभिनयको आफ्नो रुचि पूरा गर्ने योजनामाछिन् । भारतमा मोडलिङमा करियर प्रारम्भ गरेकी निकिता नेपाली तथा भारतीय चलचित्रमाकदम राख्ने सोचमा छिन् । सानैदेखि समाजका लागि केही गर्छु भन्ने सोच राख्ने निकिता आफूले कमाएको रकम क्षमताले भ्याएसम्म समाजसेवामा लगाउन चाहन्छिन् । मिस नेपालको गरिमा कायम राख्न आफूले हरसम्भव प्रयास गर्ने निकिताले बताइन् ।
मिस अर्थ नेपाल रोजिना श्रेष्ठ आफ्नो उचाइकै कारण मिस नेपालमा भाग लिन उत्साहित भएकी हुन् । अध्ययनमा निकै रुचि राख्ने रोजिना मिस अर्थमा भाग लिन जाँदाको अनुभव पनि निकै रमाइलो भएको बताउँछिन् । ब्युटी प्याजेन्ट भए पनि त्यहाँ वातावरणसम्बन्धी गतिविधि बढी भएको श्रेष्ठले बताइन् । मिस अर्थमा आफू विशेष देखिनुको कारण डिजाइनर ड्रेसहरू भएको उनको तर्क छ । रोजिनालगायत चारै जना मिस नेपालले नेपालकै डिजाइनर वेयर नै लगेका थिए ।
रोजिना मिस अर्थमा आफ्नो ड्रेस सेन्सका कारण फोकसमा रहिन् । एक वर्षको आफ्नो समय सकिएपछि एमबीएका लागि एक वर्ष ग्याप राख्ने सोचमा रहेकी रोजिना सोसल मिडिया तथा बिजनेसमा रुचि राख्छिन् । यो एक वर्षमा ब्रान्ड इन्डोर्समेन्टको काम तथा सामाजिक संघसंस्था आदिमा अनुभव बटुल्ने उनको सोच छ । मिस नेपालमा भाग लिँदा नै आफूमा धेरै परिवर्तन आइसकेको बताउने रोजिना आफ्नो कन्फिडेन्ट लेबल पनि यही प्लेटफर्मबाट बढेको बताउँछिन् ।
मिस इन्टरनेसनल नेपाल नीति शाहलाई पनि निकितालाई जस्तै एक वर्षको अवधिमाआफूलेसोचेजस्तो केही गर्न नसकेजस्तो लाग्छ । नीति भन्छिन्–एक वर्ष भनेको यति छिटो बित्दो रहेछ, यसै पटक महसुस भयो । अन्तर्राष्ट्रिय प्याजेन्टको तयारी, त्यसपछि हिड्रेन ट्रेजरले दिएको ड्युटी र रेस्पोन्सिबिटी निभाउँदैमा वर्ष बित्यो । नीतिले जापानमा सम्पन्न मिस इन्टरनेसनलमा सहभागी भएर धेरै अविस्मरणीय क्षण संगालिन् ।
पहिलो त उनी जापानीहरूको शिष्ट बोली, व्यवहार एवं त्यहाँको सुन्दर वातावरणबाट प्रभावित भइन् । त्यहाँ सहभागीहरूलाई १०–१० जनाको समूहमा राखिएको थियो । सबैलाई अंग्रेजी भाषा नआउने भएकाले आफ्नो समूहमा नीतिले धेरैलाई अंग्रेजी भाषामा सहयोग गरेकी थिइन् । उनले मिस इन्टरनेसनलको अन्तर्राष्ट्रिय पेज मिसोलोजीमार्फत नेपाललाई हाइलाइट गरिएको बताइन् । नेपालबाट सबैभन्दा राम्रो सहभागी पठाएको भन्दै उनलाई हौसला प्रदान गरिएको कुरा पनि नीति कहिल्यै बिर्सन्नन् । मिस नेपालका सबै उपाधि विजेतालाई पुराना विजेताहरूसँग १–२ हप्ता जतिको कक्षामा राखिदियो भने अझ प्लस प्वाइन्ट हुने उनको तर्क छ । यस्तो अनुभव तथा प्रशिक्षणले पनि सहभागीहरूलाई निकै सहयोग पुग्ने नीतिको धारणाछ । यसलेनेपाली प्रतियोगीहरूको कन्फिडेन्ट लेबल बढाउँछ । अब एमबीएको अध्ययनलाई निरन्तरता दिने सोचबनाएकी नीति मोडलिङमा पनि ब्रान्ड इन्डोर्समेन्टमा केन्द्रित हुने योजनामा छिन् ।
मिस एसिया प्यासिफिक साहारा बस्नेतलाई मिस नेपाल भएपछि केही रिल्याक्स एवं रमाइलो होला भन्ने थियो । मिस इन्टरनेसनल भएपछि अध्ययन पनि पूरा गरौं भन्ने थियो । हुन त साहाराले एसिया प्यासिफिक इन्टरनेसनलमा पहिलो पटक मुलुकको प्रतिनिधत्व गर्नुलाई पनि च्यालेन्जिङ नै मानेकी थिइन् । त्यहाँ स्मार्ट डिजाइनर ड्रेस तथा राम्रो अंग्रेजी भाषाका कारण आफूले चर्चा पाएको साहाराले बताइन् । उनीसँग बस्ने मंगोलिया तथा म्यानमारका प्रतियोगीलाई अंग्रेजी राम्रोसँग नआउँदा साहारा नै सहजकर्ता बनेकी थिइन् । अब आउने नयाँ मिस नेपालका सहभागीहरूलाई साहाराको सुझाव छ–प्रतियोगितामा सहभागी भएर सिकौंला भनेर होइन कि यसमा भाग लिन आउनुअघि नै धेरै कुरा सिकेर आउनुपर्छ । बिजनेसमा सक्रिय हुने सपना बुनेकी साहारा आफ्नो संस्था आशामार्फत महिला सशक्तीकरणको कामलाई पनि अघि बढाउने योजनामा छिन् ।
मेकअप : प्रजिना श्रेष्ठ तथा सुनिता श्रेष्ठ
टुलिप ब्युटी सलुन, पिपल्स प्लाजा, न्यूरोड
पहिरन : जेडी दिभा कलेक्सन, कुमारीपाटी
लोकेसन : अन्नपूर्ण होटल, दरबारमार्ग