Successfully Copied

बीएलटी स्यान्डविच

स्यान्डबिच वनलाई ओबनमा १ मिनेट तताउने । वनलाई आधा बिचबाट काटेर त्यसमा मायोनेज लगाउने । मायोनेजमाथि लेटिस र टोम्याटो बिछ्याउने । ग्रिल गरिएको बेकनलाई टोम्याटोमाथि मिलाएर राख्ने । आधा वन टप गर्ने । यसलाई फ्रेन्च फ्राईका साथमा सर्भ गर्न सकिन्छ ।

सामग्री : स्यान्डबिच वन १ पिस, बेकन १ सय ५० ग्राम, लेटिस ३० ग्राम, टोम्याटो ३० ग्राम, मायोनेज ५ ग्राम, साइडमा सर्भ गर्ने फ्रेन्स फ्राई ।

विधि : बेकनलाई ग्रिल गर्ने । स्यान्डबिच वनलाई ओबनमा १ मिनेट तताउने । वनलाई आधा बिचबाट काटेर त्यसमा मायोनेज लगाउने । मायोनेजमाथि लेटिस र टोम्याटो बिछ्याउने । ग्रिल गरिएको बेकनलाई टोम्याटोमाथि मिलाएर राख्ने । आधा वन टप गर्ने । यसलाई फ्रेन्च फ्राईका साथमा सर्भ गर्न सकिन्छ ।

प्राउन पिज्जासामग्री : पिज्जा बेस २ सय ३० ग्राम, पिज्जा सस १ सय ग्राम, जम्बो प्राउन १ सय ग्राम, पालुंगोको साग ५० ग्राम, चीज १ सय ग्राम ।

विधि : पिज्जा बेसलाई १२ इन्चको हुने गरी बेल्ने र पिज्जा सस बेसमा सबैतिर लाग्ने गरी दल्ने । त्यसमाथि चीज टप गर्ने । प्राउन र पालुंगोलाई हल्का तेलमा सोथे फ्राई गर्ने । त्यसलाई चीजको माथि टप गर्ने । त्यसपछि ३ सय ५० डिग्री सेल्सियसमा ३ देखि ५ मिनेटसम्म ओभनमा पकाए प्राउन पिज्जा तयार हुन्छ ।

 Image