Successfully Copied

सिर्जनशील तरिकाले घर सजावट

कोठालाई कुल फ्रेस लुक दिनका लागि फ्लोरल डेकोरेसन पनि एउटा राम्रो विकल्प हो । फ्लोरल डेकोर गर्दा सबै कुरा फ्लोरल नबनोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । कुसन फ्लोरल प्रिन्टको छ भने सोफा कभर र कार्पेट प्लेन राख्नुपर्छ ।

गोल्डेन टच

घरलाई रोयल लुक दिने हो भने गोल्डेन एसेसरिज प्रयोग गर्नुपर्छ । गोल्डेन कलर कहिल्यै आउटडेट हुँदैन र घरलाई क्लासी लुक प्राप्त हुन्छ ।

-    आफ्नो ड्रिम होमलाई गोल्डेन टच दिनका लागि प्रारम्भ ढोकाबाट गर्नुपर्छ, यसका लागि गोल्डेन सेडको प्लेट छनोट गर्नुपर्छ वा नेम प्लेटको अक्षरलाई गोल्डेन कलरमा लेखाउनुपर्छ ।

-    आफ्नो र परिवारको फोटोलाई गोल्डेन फ्रेममा सजाएर बेडरुममा राख्नुपर्छ । यसबाट बेडरुमलाई रोयल एवं पर्सनल टच दिन सकिन्छ ।

-    गोल्डेन कलरको सेन्डेलियरले घरलाई रोयल लुक दिन्छ । त्यसैले लिभिङ रुममा गोल्डेन सेन्डेलियर लगाउनु पनि राम्रो विकल्प हो ।

-    कुनै विशेष ढोकालाई रिच लुक दिन गोल्डेन ग्लास पेन्टिङ पनि गर्न सकिन्छ । यो पनि एउटा राम्रो विकल्प हो ।

-    गोल्डेन मूर्तिबाट पनि घरलाई शाही अन्दाजमा सजाउन सकिन्छ ।

-    पर्दाबाट कोठालाई रिच लुक दिन गोल्डेन वर्क भएको फेब्रिक छनोट गर्नुपर्छ । ज्वेल्ड कर्टन नटबाट पनि कर्टन सजाउन सकिन्छ ।

मिरर म्याजिक

-    मिररको राम्रो कलेक्सन छ भने त्यसलाई पनि सजावटका लागि प्रयोग गर्न सकिन्छ ।

-    मिररलाई सोफा पछाडि सजाउनुपर्छ । यसले पाहुनाको ध्यान आकृष्ट हुन्छ ।

-    पेसेज साँघुरो भए ठूल्ठूला ऐना लगाउँदा ठूलो देखिन्छ ।

-    बाँधनी, बाटिक, बुडन फ्रेम भएका मिररले घरलाई नेचुरल लुक दिन्छ । इच्छाअनुसार यसलाई पनि प्रयोग गर्न सकिन्छ ।

-    ऐनाले सानो कोठालाई ठूलो देखाउँछ । त्यसैले सानो कोठालाई ऐनाले पनि सजाउन सकिन्छ ।

-    मिरर कर्टनबाट कोठामा पार्टिसन पनि गर्न सकिन्छ, यो पनि राम्रो देखिन्छ ।

क्लासी ग्लास

-    ग्लासका साथमा कुनै पनि कुरासित म्याच गरी घरलाई क्लासी लुक दिन सकिन्छ ।

-    लिभिङ रुममा ग्लासको पार्टिसन गरी सेपरेट सेक्सन पनि बनाउन सकिन्छ ।

-    घरको इन्टेरियरमा ग्लासको प्रयोग गर्दा फर्निचर र भित्ताको रंग हल्का राख्नुपर्छ ।

-    ग्लासको सेल्फ बनाएर त्यसमा डेकोर आइटम्स सजाउन सकिन्छ । बुक सेल्फका लागि पनि ग्लासको प्रयोग गर्न सकिन्छ ।

-    ग्लासको ट्रेन्डी पोट्स र ल्याप होम डेकोरमा विशेष एसेसरिजको काम गर्छ ।

-    ग्लास पेन्टिङ पनि ट्रेन्डमा छ, घर सजाउनका लागि यिनको पनि प्रयोग गर्न सकिन्छ ।

-    बाथरुम पार्टिसनका लागि ग्लासको प्रयोग राम्रो विकल्प हुनसक्छ ।

फ्लोरल आर्ट

-    कोठालाई कुल फ्रेस लुक दिनका लागि फ्लोरल डेकोरेसन पनि एउटा राम्रो विकल्प हो ।

-    फ्लोरल डेकोर गर्दा सबै कुरा फ्लोरल नबनोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । कुसन फ्लोरल प्रिन्टको छ भने सोफा कभर र कार्पेट प्लेन राख्नुपर्छ ।

-    फ्लोरल प्रिन्टयुक्त बेडसिट वा कुसन कभरबाट बेडरुमलाई फ्लोरल टच दिन सकिन्छ ।

-    घरलाई फ्लोरल थिम दिनका लागि ताजा वा आर्टिफिसियल फ्लावर पनि प्रयोग गर्न सकिन्छ ।

-    डायनिङ टेबुलका लागि पनि फ्लोरल डायनिङ टेबुल क्लोथ राख्न सकिन्छ ।

-    भित्तालाई फ्लोरल टच दिन फ्लोरल वालपेपर प्रयोग गर्नुपर्छ । फूलका ठूल्ठूला पेन्टिङबाट पनि भित्तालाई फ्लोरल लुक दिन सकिन्छ ।

 

 Image