छाला उपचारमा नयाँ प्रविधि
उमेरअनुसार छालामा परिवर्तन आउनु स्वाभाविकै हो । तर, त्यो स्वाभाविक परिवर्तनलाई अहिले नयाँ प्रविधि र उपचारले केही हदसम्म रोक्न सकिन्छ ।
- मौसम परिवर्तनका कारण हावा धेरै चल्ने भएकाले छाला सुख्खा हुनुका साथै फुट्ने समस्यासमेत सिर्जना हुन्छ ।
- छाला सफा राख्नुपर्छ । नियमित रुपमा नुहाउनुपर्छ ।
- छाला सुख्खा हुन तथा फुट्न नदिन समय–समयमा मोस्चराइजर युक्त क्रिम लगाउनुपर्छ ।
- राति सुत्नुअघि क्लिनजिङ क्रिमले अनुहार सफा गरेर आफ्नो स्किनअनुसार नाइट क्रिम प्रयोग गर्नुपर्छ ।
- हरेक पटक अनुहार धोएपछि मोस्चराइजरयुक्त क्रिम लगाउँदा छाला नरम रहन्छ । घाममा निस्कनुभन्दा आधा घण्टाअघि सन स्किन क्रिम लगाउनुपर्छ ।
- सुख्खा स्किन भएकाहरूले चिल्लो तथा चिल्लो स्किन भएकाहरूले सामान्य किसिमको क्रिम प्रयोग गर्नुपर्छ ।