Successfully Copied

छाला उपचारमा नयाँ प्रविधि

उमेरअनुसार छालामा परिवर्तन आउनु स्वाभाविकै हो । तर, त्यो स्वाभाविक परिवर्तनलाई अहिले नयाँ प्रविधि र उपचारले केही हदसम्म रोक्न सकिन्छ ।


डा. जेबिना लामा,
द स्किन क्लिनिक, नक्साल
उमेरअनुसार छालामा परिवर्तन आउनु स्वाभाविकै हो । तर, त्यो स्वाभाविक परिवर्तनलाई अहिले नयाँ प्रविधि र उपचारले केही हदसम्म रोक्न सकिन्छ । छालामा चमक बनाउने केही उपचार विधिहरू ः


‘एन्टी एजिङ ट्रिटमेन्ट’
सबैका लागि यो आवश्यक उपचार हो । यसमा‘बोटक्स इन्जेक्सन’लगाइन्छ । यो विधिलाई ‘बोटक्स’ विधि भनेर पनि चिनिन्छ । ‘एन्टी एजिङ ट्रिटमेन्ट’ का लागि यो सबैभन्दा प्रमाणित उपचार विधि हो । सात दिनमै यसको परिणाम देखा पर्छ । यसको मुख्य काम‘रिङ्कल’ हटाउनु हो । ‘बोटक्स इन्जेक्सन’ एकपटक प्रयोग गरेपछि चारदेखि छ महिनासम्म काम गर्छ । हाँस्दा वा रिसाउँदा अनुहारमा बस्ने धर्काहरू र आँखा खुम्चाउँदा देखिने ‘रिङ्कल’ हटाउन, पसिना नियन्त्रण गर्न बोटक्स विधि प्रयोग गरिन्छ ।


‘एचए इन्जेक्सन’
उमेर बढ्दै जाँदा आँखावरिपरि कतिपय समस्या देखिन्छन् । जस्तै ः आँखा दबिनु वा गाडिनु । यो समस्या समाधानका लागि ‘एचए इन्जेक्सन’ विधि प्रयोग गरिन्छ । आँखालाई ‘फ्रेस’ देखाउन पनि यो विधि प्रयोग गरिन्छ । साथै, ‘आइब्याग’नियन्त्रण गर्न, ओठको आकार बढाउन र चिउँडो लामो बनाउन पनि यो विधि उपयुक्त छ । एकपटक प्रयोग गरेपछि यसले एक वर्षदेखि डेढ वर्षसम्म काम गर्छ ।



‘बायुमोडुलेटर इन्जेक्सन’
छालामा चम्किलोपन ल्याउनका लागि यो विधिको प्रयोग गरिन्छ । यो उपचार विधिमा वर्षको दुईदेखि तीन पटकसम्म सुई लगाइन्छ ।
‘हाइफो’
सुई प्रयोग नगरी स्किन टाइट र लिफ्टिङका लागि यसको प्रयोग गरिन्छ । अप्रेसनबिना नै आँखीभौं उचाल्न र उमार्नका लागि ‘हाइफो’ गरिन्छ । यो उपचारले छ महिनादेखि एक वर्षसम्म काम गर्छ । गाला झुन्डिएर अनुहारको छालालाई कसिलो बनाउन यसको प्रयोग गरिन्छ । यसमा कुनै पीडा हुँदैन ।
‘थे्रेड लिफ्ट’
यो धागोको माध्यमबाट लिफ्ट गर्ने विधि हो । यसको प्रयोगले दुईदेखि तीन वर्षसम्म ढुक्क हुन सकिन्छ । यो पनि बिनाअप्रेसन गरिन्छ । शरीरको कुनै भागमा झुन्डिएको छालालाई कसिलो(टाइट) बनाउन यसको प्रयोग गरिन्छ । यसमा पग्लिने धागोको प्रयोग गरी छालालाई टाइट बनाइन्छ । यो विधि २० मिनेटमा सकिन्छ । यसको परिणाम तत्कालै अनुभव गर्न सकिन्छ ।
‘मेडिपिल’
चायाँ–पोतो र पिम्पलका लागि यो उपचार विधि प्रयोग गरिन्छ । पिम्पलले छोडेका दागहरू हटाउन यसले सहयोग गर्छ । छालाको चमक बढाउन र ‘डार्क सर्कल’ हटाउन यो विधि प्रयोग गरिन्छ । यो उपचारका लागि ३० मिनेट चाहिन्छ । यो सेसनअनुसार गर्न सकिन्छ । यसले छालाको गुणस्तर बढ्छ ।

‘मेडिफेसियल’

परम्परागत रूपमा गरिँदै आएको फेसियलभन्दा यो केही फरक छ । छालामा देखिने समस्यानुसार यो उपचार गरिन्छ । अनुहारमा ‘ब्लाकहड’, घामले डढेको छालामा चमक ल्याउने काम यसले गर्छ । यसमा मेसिनबाट र पानीको माध्यमबाट गर्ने फेसियल हाइडा फेसियल पनि पर्छ । यसका केही स्टेपहरू छन्–क्लिजिङ, एक्सप्लोटेसन, एक्ट्रयाक्सन र हाइड्रेसन हुन् । ‘मेडिफेसियल’ महिनामा एकपटक गर्न सकिन्छ ।

‘एमडीए’
यो हरेक व्यक्तिले गर्न मिल्ने फेसियल हो । यो ‘टिनएजर्स’ ले गर्ने फेसियल हो । ‘बेसिक फेसियल’ यो ‘ब्लाक हेड’, ‘ह्वाइट हेड’ हटाउनका लागि गरिन्छ । छालाको फोहोर हटाई स्वस्थ बनाउन यो फेसियल गरिन्छ । यसले छालामा चमक ल्याउँछ ।
‘लेजर हेयर रिडक्सन’
यो भनेको यन्त्रको माध्यमबाट शरीरमा भएका अनावश्यक रौं हटाउने उपचार विधि हो । यसमा नब्बे प्रतिशत रौं हटाउन सकिन्छ । यसमा आधुनिक प्रविधियुक्त मेसिनबाट छाती, पेट र अनुहारलगायत शरीरका विभिन्न भागमा रांै हटाउन सकिन्छ । यसमा पुरुष–महिला दुवैको रुचि रहेको पाइन्छ ।
‘पीआरीपी ग्रोस्थ्र फ्याक्टर ट्रिटमेन्ट’
यो केश उमार्नका लागि प्रयोग गर्ने प्रविधि हो । यो उपचार विधिमा आफ्नै रगतबाट प्लेटलेस कोषिका निकालेर ट्रिटमेन्ट गरिन्छ । यो उपचारबाट केश राख्ने वा उमार्ने गरिन्छ । यो उपचारबाट तालुपन हटाउन सकिन्छ । यो चारदेखि छ सेसनमा गरिन्छ । यो ट्रिटमेन्टलाई ‘पिआरी स्किन रिजुभेनेसन’ पनि भनिन्छ । 

 Image