Successfully Copied

चिकेन सुप्रिम विथ मसरुम सस

खुराको छातीको भागलाई मेरिनेट गरी ग्रिल गर्ने । ससका लागि क्रिम, दूध, बटर तथा मैदा मिक्स गरी एकछिन चलाउँदै पकाएर रेडी गर्ने । ग्रिल चिकेन राखेर साइडमा क्रिम सस हाल्ने र चिकेनको साइडमा राखी सर्भ गर्ने ।

सामग्री : कुखुराको छातीको भाग १ सय ८० ग्राम, गार्लिक चप १० ग्राम, मस्टर्ड पेस्ट ५ ग्राम, ओलिभ ओयल १ चिया चम्चा, ब्ल्याक पेपर २ ग्राम, क्रिम १ सय ग्राम, बटर १ चिया चम्चा, मैदा १ चम्चा, दूध १ सय मिलिलिटर, नुन स्वादअनुसार, ह्वाइट पेपर २ ग्राम, बेलिफ २ ग्राम, मसपोटाटो १ सय ग्राम तथा ह्वाइट वाइन ३० मिलिलिटर ।

विधि : कुखुराको छातीको भागलाई मेरिनेट गरी ग्रिल गर्ने । ससका लागि क्रिम, दूध, बटर तथा मैदा मिक्स गरी एकछिन चलाउँदै पकाएर रेडी गर्ने । ग्रिल चिकेन राखेर साइडमा क्रिम सस हाल्ने र चिकेनको साइडमा राखी सर्भ गर्ने ।

 Image