Successfully Copied

नेपाल बारले गऱ्यो–महिला अधिवक्ताको क्षमता अभिबृद्धिमा पहल

महिला अधिवक्ताको ब्यावसायिक सीप तथा क्षमता अभिबृद्धिका लागी एक हप्ते तालिम सम्पन्न भएको छ । डिएलए पाईपर, डब्ल्युएलजेएच र संयुक्त राष्ट्रसंघको सहयोगमा नेपाल बार एसोशियसनले आयोजना गरेको उक्त तालिमको तेस्रो संस्करणमा मुलुकभरका ६० जना महिला कानुन ब्यावसायीले सहभागिता जनाएका थिए ।

महिला अधिवक्ताको ब्यावसायिक सीप तथा क्षमता अभिबृद्धिका लागी एक हप्ते तालिम सम्पन्न भएको छ । डिएलए पाईपर, डब्ल्युएलजेएच र संयुक्त राष्ट्रसंघको सहयोगमा नेपाल बार एसोशियसनले आयोजना गरेको उक्त तालिमको तेस्रो संस्करणमा मुलुकभरका ६० जना महिला कानुन ब्यावसायीले सहभागिता जनाएका थिए ।

नेपाल बार एशोसियशन न्याय क्षेत्रमा समानता र शसक्तिकरणका लागी प्रतिबद्ध रहेको प्रष्ट्याउंदै बारका महासचिव खम्म बहादुर खाती भन्छन्– न्याय क्षेत्रमा १५ प्रतिशत महिला अधिवक्ता मात्रै सक्रिय रुपमा प्राक्टिसमा देखिन्छन् । बर्षेनी कानुन बिषयमा उच्च शिक्षा हांसिल गर्ने महिलाको ठुलो संख्या युनिभर्सिटीमा देखिन्छ तर फिल्डमा खोइ त ? यही दुरी घटाउन हामी यस्ता कार्यक्रममा केन्द्रित छौं । नेपाल बार लाई लैगिंकमैत्री बनाउन समेत यस्ता कार्यक्रमले सघाउ पुऱ्याउने खातीको तर्क थियो ।

बिगतमा यस्तै तालिम लिएका १ सय ५० जना महिला कानुनव्यावसायीमा आएको सकारात्मक परिवर्तनका कारण उनीहरु आफुलाई अन्तराष्ट्रिय स्तरको प्लेटफर्ममा प्रस्तुत गर्न सक्षम भइसकेको बताउंदै तालिम संयोजक संबिधानबिद तथा बरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले भने– यस्ता तालिमले नेपाली न्याय क्षेत्रमा महिलाको पहुंच र सक्रियतालाई शसक्त बनाउन ठुलो भुमिका खेल्नेछन् । सैद्धान्ति शिक्षा पुरा गरेर ब्यवहारिक कर्म भुमिमा देखा नपरेकाहरुलाई पनि यस्ता कार्यक्रमले प्राक्टिसका लागी फिल्डमा उत्रिन उत्प्रेरित गर्नेमा दुइमत छैन् ।

महिला अधिवक्ताको ब्यावसायिक सीप तथा क्षमता अभिबृद्धिका तालिम समापन कार्यक्रममा नेपाल बार एशोसियशनका अध्यक्ष्य शेर बहादुर के.सी., न्यायाधिशद्धय मीरा खड्का र सपना मल्ल प्रधान, सरकारका न्यायाधिवक्ता बसन्तराम भण्डारी, डिएलए पाइपरकी संयोजक सुजाना ब्रिकम्यान लगायतले महिला वकिलहरुको क्षमता विकाश र अभिबृद्धिका लागी यस्ता तालिम तथा कार्यक्रम आवश्यक रहेको र नेपाल बार एशोसियशन सदा महिलामैत्री ढंगले अगाडी बढिरहेको र बढ्दै जानेमा जोड दिए ।

 Image