Successfully Copied

पुस महिनाको राशिफल

काममा अपेक्षाकृत सफलता हात लाग्नेछ । प्राय: सबै कार्य आफ्नै निगरानीमा सम्पन्न हुुनेछन् । एक–अर्काको मनोभाव बुुझेर काम गरे दाम्पत्य जीवन सुुमधुुर रहनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । विभिन्न सामग्रीको किनमेल हुुनेछ । छोराछोरीबाट पनि सुुख–सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र सन्तोषजनक रहनेछ

मेष

काममा अपेक्षाकृत सफलता हात लाग्नेछ । प्राय: सबै कार्य आफ्नै निगरानीमा सम्पन्न हुुनेछन् । एक–अर्काको मनोभाव बुुझेर काम गरे दाम्पत्य जीवन सुुमधुुर रहनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । विभिन्न सामग्रीको किनमेल हुुनेछ । छोराछोरीबाट पनि सुुख–सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र सन्तोषजनक रहनेछ भने अनावश्यक खर्च हुने सम्भावना छ ।

वृष

परिवारका सदस्यहरूसित रमाइलो समय यापन गर्ने मौका मिल्नेछ । माइतीसित भेटघाटको अवसर जुर्नेछ । कुुनै कामले लामो यात्रा हुुनसक्छ । बसाइ सराइको योगसमेत छ । आफ्नो इच्छाअनुुसार समय बिताउने अवसर जुट्नेछ । व्यक्तिगत खुसीका लागि किनमेल गरिनेछ । अरूले भने–गरेको राम्रो कुुरा पनि नराम्रो लाग्नसक्छ ।

मिथुन

विशेष कामले यात्रा हुुनसक्छ । सबै कार्य योजनाअनुुरूप पूूरा हुुनेछन् । दाम्पत्य जीवनमा सद््भाव एवं समझदारी कायम रहनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता हात पर्नेछ । प्रतिस्पर्धीहरू परास्त हुुनेछन् । कार्यक्षेत्रमा प्रगति गर्ने अवसर जुट्नेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । मौसमी खानपान, व्यायाम एवं आहारविहारमा ध्यान पुर्‍याउन सके स्वास्थ्य राम्रो रहनेछ ।

कर्कट

मनमा प्रसन्नता छाउनेछ । जाँगर बढ्नुका साथै शरीर पनि फुर्तिलो रहनेछ । श्रीमान्सँग मतभिन्नता सिर्जना हुनसक्छ । छोराछोरीले पनि कुुनै कुुरालाई लिएर दुु:ख दिनसक्छन् । काम गर्दा अपजस मिल्नसक्ने भएकाले जिम्मेवारीको कार्य गर्दा सजग रहनुुहोला । मौसमअनुुसार खानपान एवं रहनसहनको ख्याल राखे आकस्मिक स्वास्थ्य समस्याबाट जोगिन सकिनेछ ।

सिंह

कुुनै कुुरालाई लिएर पारिवारिक छलफल हुुनसक्छ । कामविशेषले टाढा भएका छोराछोरीहरूसँग भेटघाट हुुनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग जुट्नेछ । आर्थिक पक्ष सुुदृढ रहनुका साथै व्यवसायिक क्षेत्र पनि लाभदायक हुुनेछ । साथीभाइ एवं इष्टमित्रसँग रमाइलो जमघट हुुनसक्छ ।  सन्तान प्राप्तिको योग छ । शारीरिक स्वास्थ्य एवं खानपानमा सजग रहन सके स्वास्थ्यस्थिति राम्रो रहला ।

कन्या

पारिवारिक वातावरण सुुखमय रहनेछ । घर–व्यवहार एवं जिम्मेवारीजस्ता कुुराले व्यस्त बनाउनेछ । पुुराना एवं नयाँ साथीसँगीसित भेटघाट गर्ने अवसर जुट्नेछ । जोस–जाँगर बढ्नेछ । मनमा कुुनै नयाँ काम गर्ने विचार आउनसक्छ । पारिवारिक वातावरण बुुझी आफ्नो विचार व्यक्त गर्नसके सबैले कुुरा बुुझ्नेछन् । नवविवाहिताहरूले बोली एवं व्यवहारमा सजगता अपनाउनुु आवश्यक छ ।

तुला

पारिवारिक सुुख–समृद्धि बढ्नेछ भने मनमा प्रसन्नता छाउनेछ । अपेक्षाअनुुरूप कार्य सम्पन्न हुुँदै जानेछन् । कुुनै कामले यात्रा हुुनसक्छ । यो महिना कसैकसैलाई अभिनन्दित हुुने अवसर जुट्नेछ । मनमा भएको चिन्ता हट्नेछ । कहीँ–कतैबाट धनलाभ समेत हुनसक्छ । आकस्मिक उपहार प्राप्त हुनेछ भने वस्त्र प्राप्तिको योग छ । जोस–जाँगर बढ्नुका साथै शरीर समेत फुर्तिलो रहनेछ ।

वृश्चिक

पारिवारिक वातावरण एवं दाम्पत्यजीवन सुुखमय रहनेछ । छोराछोरीको खुुसीका निम्ति खर्च हुुनसक्छ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । अनावश्यक खर्चको योग छ । टाउको एवं आँखा दुुख्ने समस्याले सताउला । सहयोगी हातहरू पछि हट्नसक्छन् । जिम्मेवारीको कार्य गर्दा चनाखो रहनुहोला ।

धनु

व्यक्तिगत काममा सफलता मिल्नेछ । आफ्नो इच्छाबमोजिम काम गर्ने अवसर जुट्ला । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । घरमा कुुनै सर–सामग्री हेरफेर हुुनसक्छ । दाम्पत्य जीवन सुुखमय रहनेछ । परिवारबाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त होला । कामविशेषले यात्रा हुनेछ भने पेट एवं मुुटुुका रोगीहरूको समस्या वृद्धि हुनसक्छ । कामको चापले थकित महसुस गरिनेछ ।

मकर

साथीसँगीहरूसित रमाइलो भेटघाट गर्ने अवसर जुट्नेछ । परिवारका सदस्यहरूसित समय यापन गर्न पाइनेछ । दाम्पत्यजीवन सुुमधुुर रहनेछ । छोराछोरीबाट पनि सुुख–सन्तोष प्राप्त होला । सवारीसाधन हेरफेर हुुनसक्छ । व्यवसायिक क्षेत्रबाट प्रशस्त आयआर्जन गर्न सकिनेछ । सबैले तपाईंको वाक्पटुुता एवं कार्यदक्षताको प्रशंसा गर्नेछन् । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ ।

कुम्भ

योजनानुुरूप सबै कार्यमा सफलता हात पर्नेछ । कामविशेषले यात्रा गर्नुुपर्ला । धार्मिक कार्यतर्फ मन जानेछ । दाम्पत्य जीवन सुुखद् एवं सरल रहनेछ । परिवारका सदस्यहरूले आफ्नो सुुखदुु:खको ख्याल गर्नेछन् । आफ्नो इच्छानुुसार समय व्यतीत गर्ने अवसर जुुर्नेछ । प्रतियोगितात्मक कार्यमा सफलता प्राप्त होला । सामाजिक, राजनैतिक एवं न्यायिक क्षेत्र शुभ छन् ।

मीन

कुुनै विशेष काममा सफलता मिल्नेछ । रोकिएका कामले पूूर्णता पाउनेछन् । रक्तचाप  घटबढ हुुनसक्छ । काममा आकस्मिक बाधा अड्चन आइलागे पनि अन्त्यमा सफलता हात पर्नेछ । आफूले राम्रो गर्दागर्दै पनि अरूले अवगाल लगाउन वा अनाहकमा निहुँ खोज्न सक्छन् । सकेसम्म रिसलाई नियन्त्रणमा राखी धैर्यपूर्वक शान्तचित्त भै काम गर्नु तथा हडबडी एवं ख्यालठट्टा नगर्नु लाभप्रद होला ।  

 Image